काभ्रेपलाञ्चोक: शैक्षिक गुणस्तर तथा सामुदायिक सम्बन्ध बिस्तार गर्न काठमाडौँ विश्वविद्यालयले कक्षा ११ र १२ मा विज्ञान बिषय अध्ययन गरिरहेका बिद्यार्थीहरुलाई विज्ञान तथा इन्जिनियरीगका प्रयोगशालाको स्थलगत अवलोकन कार्यक्रम सुरु गरेको छ ।

विश्वविद्यालयले काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तह अन्तर्गतका विभिन्न बिद्यालयका कक्षा ११ र १२ मा विज्ञान बिषय अध्ययन गरिरहेका बिद्यार्थीहरुलाई लक्षित गर्दै विज्ञान तथा इंजीनियरिंगका प्रयोगशालाको स्थलगत अवलोकन कार्यक्रम सुरु गरेको हो ।

काठमाडौँ विश्वविद्यालय उपकुलपतिको कार्यालय सामुदायिक सम्बन्ध विस्तार माहाशाखाले जिल्लामै पहिलो पटक यस्तो कार्यक्रम सुरु गरेको माहाशाखा प्रमुख किशोर खनालले जानकारी दिनुभयो ।

विज्ञान बिषय अध्ययन गरिरहेका बिद्यार्थीहरुलाई विज्ञान तथा इंजीनियरिंगको बारेमा विश्वविद्यालयको प्रयोगशाला भित्र अवलोकन गराउदा बिद्यार्थीहरुले विस्तृतरुपमा बिद्यालयमा पढेको कुरा जानकारी हुने भन्दै माहाशाखा प्रमुख खनालले भन्नुभयो- “विशेषगरी कक्षा ८, ९, १०, ११ र १२ मा विद्यार्थीहरूले विज्ञान पढेका हुन्छन्, तर विज्ञान र इंजीनियरिंगको विस्तारित रुप के हो ? भन्ने बारेमा जानकारी पाएका हुदैनन्, र विज्ञान इन्जिनियरिङमा कसरी परिवर्तन हुन्छ भन्ने बारेमा पनि उनीहरुलाई थाहा हुदैन, हाम्रो जीवनयापन सहज गर्न सहयोगी बनाउने विज्ञान र इंजीनियरिंगको बारेमा माध्यमिक तहमा विज्ञान पढ्ने विधार्थीहरु लाई जानकारी दिने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो, यसबाट विद्यार्थीहरुलाई ज्ञान लिनको लागि मद्दत पुग्ने हामीले विश्वास राखेका छौं, हाम्रो लक्ष्य भनेको काभ्रे जिल्ला भित्र रहेका विशेषगरी प्लसटुमा अध्ययनरत विद्यार्थीहरुलाई विज्ञान र इंजीनियरिंग विषय पढ्नका लागि सहयोग होस् भन्ने हो । ”

 

जिल्लाको ग्रामिण भेगका विद्यालयमा ठूलाठूला विज्ञान प्रविधी र इंजीनियरिंगका ल्याबहरु नहुने भएकाले विद्यार्थीहरुलाई काठमाडौँ विश्वविद्यालयमा विज्ञान र इंजीनियरिंग सँग सम्बन्धित ल्याबहरुको अवलोकन गराउँदा उनीहरुले विज्ञान प्रविधीका बारेमा आफुले अध्ययन गरेको धेरै कुराहरू अवलोकन गरेर सिक्न पाउने छन् ।

माध्यामिक तहमा अध्ययनरत विद्यार्थीले विज्ञान र इंजीनियरिंग बिषयमा पढिरहेको कुराको विस्तृत रूप के हुन्छ भन्ने कुरा ठूला-ठूला ल्याबहरु हेरेपछि थाहा पाउन सक्ने भएकाले विद्यार्थीले आफुले पढेका कुरा बृहत रुपमा जानकारी पाउनुपर्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरेको र यो कार्यक्रम नितान्त विद्यार्थीहरूको हित र फाइदाको लागि मात्रै केयुले सञ्चालन गरेको माहाशाखा प्रमुख किशोर खनालले बताउनुभयो ।

 

काभ्रेपलाञ्चोक जिल्लामा शहरी इलाकामा भन्दा पनि विकट र दुर्गम ठाउँमा रहेका विद्यालयहरुलाई प्रथामिकतामा राखेर यो कार्यक्रम संचालन गरिएको भन्दै विद्यार्थीहरुले दुर्गम ठाउँमा विज्ञान प्रविधि र इंजीनियरिंगका ल्याबहरु देख्न पाएका हुँदैनन् र यहाँबाट धेरै कुरा सिक्न सक्ने उहाँले तर्क गर्नुभयो ।

काभ्रेपलाञ्चोक जिल्लाको नजिकको विश्वविद्यालय काठमाडौ विश्वविद्यालयले विद्यार्थीहरुलाई यसरी अध्ययन अवलोकन भ्रमण गर्न आफ्नो ल्याब प्रदान गर्दै प्रबिधक सहयोग गरेको देख्दा काभ्रे जिल्लाको बेलर इन्टर नेसनल एकेडेमी बनेपाका विद्यार्थीहरू उत्साहित र खुसी भएका छन् ।

 

त्यस्तै, कार्यक्रममा आज बेलर इन्टर नेसनल एकेडेमी बनेपाका बिज्ञान बिषयमा अध्ययन गर्दै गरेका एकसय भन्दा बढी बिद्यार्थीका साथै उक्त बिद्यालयका शिक्षकको पनि सहभागिता रहेको थियो । सहभागी बिद्यार्थीहरु लाई इंजीनियरिंग र बिज्ञान बिषयका विभिन्न विधाका प्रयोगशालाको बारेमा स्थलगत अवलोकन गराउदै प्रयोगशालाको बारेमा बिस्तृत जानकारी दिइएको थियो ।

काठमाडौँ विश्वविद्यालका प्राध्यापकहरुको सक्रिय सहभागितामा प्राध्यापकहरु विश्वविद्याल हातामा रहेका प्रयोगशालामै उपस्थित भएर बिज्ञान तथा प्रबिधि संग सम्बन्धित उपकरणको बारेमा बर्णन गर्नुका साथ साथै जिज्ञाशु बिद्यार्थीका प्रस्नहरुको उत्तर दिनु भएको थियो ।

 

 

त्यस्तै, बेलर एकेडेमीका विज्ञान शिक्षक सुरज श्रेष्ठले विद्यार्थीहरुलाई विश्वविद्यालयको प्रयोगशालामा अवलोकन भ्रमण गराउन पाउँदा आफु र विद्यार्थीहरु धेरै खुसी भएको बताउदै काठमाडौ विश्वविद्यालयले सुरु गरेको कार्य प्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

बेलर इन्टरनेसनल एकेडेमीका एक बिद्यार्थी अभिषेकले रेग्मीले विज्ञान प्रविधि सम्बन्धी ल्याबहरु हेर्न पाउँदा आफुहरु उत्साहित र खुसी भएको बताउदै यस्ता प्रयोगशाला अवलोकन गर्दा आफुहरुको पढाईमा समेत धेरै सहयोग पुग्ने बताउनुभयो ।

 

त्यस्तै अर्की विद्यार्थी मनिषा न्यौपानेले बिज्ञान प्रविधिसँग सम्बन्धित कुराहरू पढ्दा भन्दा विश्वविद्यालयको ल्याबमा आएर हेर्दा आफूले धेरै कुराहरु बुझ्ने मौका पाएको बताउदै काठमाडौँ विश्वविद्यालयले विद्यार्थीहरुलाई अध्ययनका लागि अवलोकन भ्रमण राखेकोमा धन्यवाद दिनुभयो ।

काभ्रेपलाञ्चोक जिल्लाका बिद्यालयमा पढ्ने विधार्थीहरु लाई विश्वविद्यालयको सामुदायिक सम्बन्ध बिस्तार माहाशाखाले समुदाय र विश्वविद्यालयको बिचमा पुलको काम गर्दै आएको छ।

 

 

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..