बनेपा, नेकपा एमाले काभ्रेको दशौं जिल्ला अधिवेशनमा एमालेले ५० हजार कार्यकर्ता उत्राने भएको छ । आगामी पौष २३ गते हुने जिल्ला अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । जिल्ला अधिवेशनमा एमाले काभ्रेले घरदैलो निमन्त्रणा पठाउने भएको छ ।
जिल्ला अधिवेशनको उद्घाटन पौष २३ गते धुलिखेल रंगशालामा हुने छ । जिल्ला कमिटीसँगको समन्वयमा प्रचारप्रसार समितीले प्रचारको कामलाई व्यापक पारेको छ । जिल्ला अधिवेशन एउटा पर्व समेत भएकाले यसलाई सफल पार्न भव्य रुपमा लागेको प्रचार प्रमुख इन्द्र तामाङले भन्नुभयो । उहाँका अनुसार प्रचार प्रसार उप समितिले प्रचारको कार्य तिब्र बनाउँदै घर घर पार्टीले अधिबेशनमा सहभागि हुन आब्हान गरेर चुल्है निम्तो वितरण गर्ने अभियान शुरु गरेको छ ।
जनपरिचालन समिती सकृय
जिल्ला अधिवेशन भव्य बनाउन एमालेको जनपरिचालन समिती सकृय बनेको छ । परिचालन समितीको संयोजक कंचन अधिकारीको अध्यक्षतामा भएको भेलामा पौष २३ गतेको तयारीमा लाग्न नेता कार्यकर्तालाई पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा, जिल्ला कमिटी अध्यक्ष अशोक ब्याञ्जू र उपसचिव इन्द्र तामाङले आग्रह गर्नुभएको थियो ।
१३५ वटाबाट प्रतिनिधी छनौट
जिल्लाका सबै पालिकाका वडाहरुमा एकै साथ सर्वसम्वत प्रतिनिधि छानिएका छन् । झण्डै १ हजार ५ सय प्रतिनिधि विभिन्न क्षेत्रबाट सहभागि हुने एमाले काभ्रेको अधिबेशनका लागि नागरिकहरुले समेत उत्साहजन रुपले सहभागिता जनाउने बताएका छन् ।
भूगोल तर्फ पालिकाका वडामा रहेका संगठित सदस्यहरुबाट वडा तहमा प्रतिनिधी छनोट गर्ने निर्णय गरेको थियो । प्रतिनिधी छनोट गर्दा वडामा रहेका संगठित सदस्यबाट दलित संगठित सदस्य छुट्याइ कायम रहेका सदस्यमध्ये पहिलो ४५ जनासम्म संगठित सदस्यबाट १ महिला सहित ३ जना प्रतिनिधी निर्वाचित गर्ने र त्यस भन्दा बढि प्रत्येक ४५ जना सम्मले थप १÷१ जना प्रतिनिधी निर्वाचित गर्ने निर्णय अनुसार कार्यान्वयन भएको छ । त्यसरी प्रतिनिधी निर्वाचित गर्दा हरेक ३ जनामा कम्तीमा एक जना महिला अनिवार्य हुनुपर्ने अर्थात वडामा छनौट हुने कुल प्रतिनिधी संख्याको कम्तिमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने मापदण्ड तय गरेको थियो ।

वडामा रहेका दलित संगठित सदस्य मध्ये २० जना सम्म संगठित सदस्यबाट १ महिला सहित २ जना प्रतिनिधी निर्वाचित गर्ने र सो भन्दा बढी प्रत्येक २० जना सम्मले थप १÷१ जना प्रतिनिधी निर्वाचित गर्ने निर्णय गरेको थियो । त्यसरी प्रतिनिधी निर्वाचित गर्दा हरेक ३ जनामा कम्तीमा एक जना महिला अनिवार्य हुनुपर्ने अर्थात वडामा छनौट हुने कुल दलित प्रतिनिधी संख्याको कम्तिमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने ब्यवस्था गरिएको छ ।
सबै पालिका कमिटीबाट कम्तिमा ३ महिला सहित ७ जना प्रतिनिधी निर्वाचित गर्ने मापदण्ड तय भएको छ । जनसंगठन तर्फको अलग्गै मापदण्ड तोकिएको थियो । अनेरास्ववियू, अनेमसंघ, युवासंघ, अनेकिमहासंघ, मुक्ति समाज, जिफन्ट र पेशागत महासंघबाट कम्तिमा २ महिला सहित ५ जना प्रतिनिधी निर्वाचित गर्ने मापदण्ड अनुसार प्रतिनिधि छनौट भएका छन् । राजसाँमहासंघ, नेपाल खेलकुद महासंघ, प्रेस चौतारी, नेपाल बुद्धिजिवी परिषद, प्रगतिशील पेशागत कानून ब्यवशायी संगठन, नेपाल राष्टिय भुतपूर्व प्रहरी तथा शैनिक संगठन, नेपाल राष्टिय उद्योग ब्यवशाय महासंघ, आदीवासी जनजाति महासंघ, मानव अधिकार यलाएन्स, राष्टिय स्वास्थ्यकर्मी संघ र प्रगतिशील ईन्जिनियर्स यसोसिएसनका जिल्ला कमिटीबाट कम्तिमा १ महिला सहित ३ जना प्रतिनिधी निर्वाचित भएका छन् । त्यस्तै जिल्ला कमिटीका सबै पदाधिकारी तथा सदस्यहरु प्रतिनिधी रहनेछन् भने जिल्ला निर्वाचन कमिटीका पदाधिकारी तथा सदस्यहरु, जिल्ला लेखा समितिका पदाधिकारी र सदस्यहरु, जिल्ला सल्लाहकार परिषदबाट छनोट हुने १५ जना प्रतिनिधीहरु, पार्टीको जिल्ला तहका प्रत्येक विभागबाट १ जनाका दरले प्रतिनिधि रहनेछन् । प्रतिनिधी बाहेकका जिल्ला सल्लाहकार परिषदका पदाधिकारी तथा सदस्यहरु पर्यवेक्षक रहनेछन् । काभ्रे काठमाडौ सम्पर्क मञ्चबाट प्रत्येक प्रदेश सभा क्षेत्रबाट ४ जनाका दरले १६ जना पर्यवेक्षकको ब्यवस्था गरिएको छ ।
अधिवेशनका लागि मुल व्यवस्थापन कमिटिले सबै तयारी अगाडी बढाएको संयोजक एवम् पाटि अध्यक्ष अशोक व्याञ्जुले बताउँनुभयो । उहाँका अन्ुसार सबै समितीहरुले आवश्यक काम र आफ्नो दायित्व अनुसार काम थालेको बताउँनु भयो ।

जनपरिचालन उपसमिति
एमालेको अधिवेसवनको तयारी स्वरुप जनपरिचालन उपसमितिले शुक्रबार बनेपामा समितिमा रहेका सदस्यहरुको भेला सम्पन्न गरेर आवश्यक काम थाल्न निर्देशन समेत पार्टि नेताहरुबाट आइसको छ । जनपरिचालन उपसमितिका संयोजक कन्चन अधिकारीले भन्नु भयो‘ हामीले १३ वटै स्थानिय तहमा रहेका कमिटिहरुलाई काम आफ्नो काम र दायित्व बारे जानकारी दिएका छौँ सोही अनुरुप अगाडी बढ्न शुक्रबार पाटि पोलिटव्यूरो सदस्य गोकुल बास्कोटाले आग्रह समेत गर्नु भएको छ, उहाँले थप्नु भयो,‘कमरेडहरु अब तयारीमा मात्रै होइन काम मै लाग्नु भएको छ । त्यस्तै प्रचार प्रसार, विद्यार्थी, युवा, किसान सबैको र्याली फरफरक स्थानबाट निकाल्न सक्नेगरी अधिवेशन तयारीमा लाग्न आग्रह गर्नुभयो ।
प्रचार प्रसार उपसमिति
प्रचार प्रसार उपसमितिले अधिवेसनका लागि आवश्यक काम थालेको जनाएको छ । समितिले प्रचार प्रसारको कामलाई व्यवस्थित र मार्यादित एवं सबै जनताकोमा पुग्ने गरि काम थालिएको संयोजक इन्द्रबहादुर तामाङले बताउँनु भयो । उहाँका अनुसार किसान देखि व्यवसायि सम्म सबैलाई अधिवेसनमा बोलाउँने गरि सामाग्रीहरु तयारी भएको छ । राष्ट्रिय महाअधिवेसनमा प्रयोग भएका सामाग्री तथा टुल्सको प्रयोग हुने छ । जसका लागि अडियो जिङनल, भिडियो क्लिप, पत्रपत्रिका र अनलाइनमा समाचार तथा विज्ञापन सामाग्री, सामाजिक सञ्जाल प्रयोगबाट अधिवेसनको प्रचार प्रसार गरिने छ ।
राजनीतिक तथा आर्थिक प्रतिवेदन
राजनीतिक तथा आर्थिक प्रतिवेदन उपसमितीले आफ्नो कााम अगाडी बढाएको उपसमितीका सदस्य राजन भुर्तेलले बताउँनु भयो । उहाँका अनुसार लेखनको काम अगाडी बढेको छ । त्यसका लागि आवश्यक विषयहरुको अध्ययन र समिक्षाको विषयहरु अगाडी बढेको छ ।
प्रतिनिधी व्यवस्थापन उपसमिति
संयोजक नारायण पाण्डेका अनुसार प्रतिनिधी व्यवस्थापनका लागि आवश्यक पर्ने दायित्वको काम अगाडी बढाइको छ । शनिवार साँझ सम्म अधिकांश स्थानिय तहका प्रतिनिधीहरु छनौट भैसक्नु भएको छ भने जनसंगठनहरुले आफ्नो प्रतिनिधीहरु छनौट गरिरहेका छन ।
आर्थिक व्यवस्थापन उपसमिती
जिल्ला अधिवेसनका लागि आर्थिक व्यवस्थापनको काम पनि अगाडी बढेको छ । पाटिका शुभचिन्तक, पाटिबाट निर्वाचित जनप्रतिनिधी तथा अधिवेसन प्रतिनिधीहरुबाट केही दायित्वको व्यवस्था गरिए अनुरुप आर्थिक व्यवस्थापनको काम भैरहेको उपसमितीका सदस्य जेनिश लामाले बताउँनु भयो ।
स्वयंसेवक परिचालन उपसमिति
स्वयंसेवक परिचालन उपसमितिले आफ्नो काम अगाडी बढाएको संयोजक राकेश लामाले बताउँनु भयो । उहाँका अनुसार युवा, विद्यार्थी र सम्बन्धित जनसंगठनहरुबाट स्वयंसेवक परिचालन गरिने तयारी भएको छ ।
खाना तथा आवास व्यवस्थापन उपसमिति
खाना तथा आवास व्यवस्थापन उपसमितिले आफ्नो तयारी अगाडी बढाएको छ । जसका लागि धुलिखेल भित्र नै सबै प्रतिनिधि, अतिथीलाई खाना र आवासको व्यवस्थापन गरिने छ ।
मञ्च व्यवस्थापन उपसमिती
अधिवेशनको दिन अर्थात २३ गते मञ्चको व्यवस्थानपनका लागि समितीको बैठकबाट छलफल अगाडी बढाइएको छ । मञ्चमा करिब ५० जना अतिथी अट्न सक्ने गरि व्यवस्थापन गरिने तयारी भएको छ । त्यस बाहेक मञ्च वरपर परिवेक्षक, पत्रकार र अन्य सहभागि रहन सक्ने गरि बनाइने तयारी भएको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..