एमाले महाधिवेशनः साढे १० बजेसम्म नतिजा आउने, भोटिङ मेसिनममा रहेका चिप्सलाई शिलबन्दीको तयारी

उनका अनुसार बिहीबार बिहान साढे १० बजेसम्म मतपरिणाम सार्वजनिक गर्ने तयारी छ। ‘कुनै समस्या नआए साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्छौँ। अहिले भोटिङ मेसिन लक गरी रुजु गर्ने काम भइरहेको छ। त्यसपछि प्रमाणीकरणसहित सिलबन्दी गरेर सबैको सहमतिमा मतगणना सुरु गरिन्छ,’ उनले भने।

बुधबार बिहान ९ बजेर १२ मिनेटमा सुरु भएको मतदान रातभर जारी रह्यो। छिटो नतिजा निकाल्ने उद्देश्यले विद्युतीय भोटिङ मेसिन प्रयोग गरिए पनि अपेक्षित रूपमा प्रक्रिया अघि बढ्न नसक्दा महाधिवेशनको अवधि लम्बिएको हो। सुरुमा तीन दिनमा सम्पन्न गर्ने भनिएको महाधिवेशन दुई दिन थपिएको छ।

बिज्ञापन

महाधिवेशनमा ३०१ सदस्यीय केन्द्रीय कमिटी र १९ पदाधिकारीका लागि निर्वाचन भइरहेको छ। तीमध्ये ११ पदमा उम्मेदवार निर्विरोध भइसकेका छन् भने प्रतिनिधिले बाँकी २९० सदस्य चयन गर्नुपर्नेछ।