
बनेपा – काभ्रे क्षेत्र नं. १ मा आगामी प्रतिनिधिसभा निर्वाचनको प्रतिस्पर्धा सौजन्यताको औपचारिकताभन्दा धेरै जनमतको वास्तविक भिडन्तमा रूपान्तरित हुँदै गएको छ। यसबीच धुलिखेलका उदयमान युवा नेता बिदुर बहादुर बस्नेत पुनः जनचर्चाको केन्द्रमा उभिएका छन्।

२०६९ सालमा नेपाली काँग्रेसमा प्रवेश गरेका बस्नेतले इकाईदेखि वडा र नगर तहसम्म संगठन विस्तारमा सक्रिय भूमिका निभाउँदै आएका छन्। मैदानमा खटिएर तयार पारेको संगठनात्मक संरचनालाई राजनीतिक यात्राको ‘वास्तविक पूँजी’ मानिन्छ।

२०७९ को चुनावमा गठबन्धनका कारण जनमत संकलनमा अवरोध पुगे पनि बस्नेतले स्वतन्त्र प्रतिस्पर्धामा पनि सशक्त परिणाम निकाल्ने क्षमता रहेको जनताले देखाएको स्थानीय कार्यकर्ताहरू बताउँछन्।


बस्नेतको शैली सरल तथा व्यवहारमुखी मानिन्छ। भाषणभन्दा सेवा र कामलाई प्राथमिकता दिने नेतृत्वका रूपमा उनले पहिचान बनाउँदै आएका छन्। समाजसेवामा जोड दिँदै उनी आम्दानीको १० प्रतिशत सामाजिक उद्देश्यमा खर्च गर्ने प्रतिवद्धता पनि राख्छन्।
आगामी निर्वाचनका सन्दर्भमा बस्नेतले राज्य स्रोतमा लोभ नराख्ने, स्वच्छ नेतृत्व तथा पार्टी एकताप्रति समर्पित रहने प्रतिबद्धता दोहोर्याएका छन्।
उनले टिकट पाए जनतामुखी सेवा र नेतृत्वलाई अझ बढी प्रभावकारी बनाउन सकिने बताइन्छ। टिकट नपाए पनि पार्टीहितलाई प्राथमिकतामा राखेर योगदान जारी राख्ने उनको भनाइ छ।
स्थानीय स्तरमा “भाषण ठूलो—काम शून्य” प्रकारको राजनीतिबाट जनतामा बढ्दो निराशाका बीच सेवा, इमानदारी र राष्ट्रभावनामा आधारित नेतृत्वको खोजी भइरहेका बेला बस्नेतको सक्रियता क्षेत्र–१ को राजनीतिक चर्चा थप बढिरहेको छ।


