काभ्रेपलान्चोक– धेरै सहकारीले राम्रो काम गरेको भए पनि केही सहकारीहरु लाई कमाई खाने मुख्य स्रोत बनेको छ । पछिल्लो समय बजारमा दर्ता बिनाकै सहकारीका प्रतिनिधिहरु रकम संकलन गर्न आइरहेको भन्दै सचेत रहन बनेपा नगरपालिकाका सहकारी व्यवस्थापन समितिका संयोजक सागरनाथ कपालीले आग्रह गरेका छन ।

उनले भने केही समय अगाडि बाट बनेपामा सहकारीको कर्मचारी हुँ भन्दै पैसा उठाएर हिडेको भन्ने कुरा सुन्नमा आएकोले सम्पूर्ण सहकारीका बचत कर्ताहरुले कर्मचारी हो वा होइन भनेर चिनेर परिचयपत्र हेरेर मात्रै बचत गर्ने सुझाव दिनु भएको छ । उहाँले यस्तो घटना कहि कतै देखेमा तुरुन्तै प्रहरी वा सम्बन्धि निकाय लाई खबर गर्न अनुरोध गर्नु भएको छ ।

बजारमा कुनै शंकास्पद ब्यक्ति रकम संकलन गर्दै गरेको फेला परेमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्न समेत अनुरोध गर्नु भएको छ । बचत कर्ताहरु सचेत नहुने हो भने ठूलो संख्यामा ठगी पर्न सक्ने देखिएको छ । यसमा प्रहरी प्रशासन पनि सचेत हुनु पर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

नैतिक व्यावहारिक तथा व्यवसायी शिक्षा प्रदान गर्दै बेलर| गुणस्तरीय शिक्षाका लागि बेलर हेर्नुस् भिडियो