

काभ्रेपलान्चोक – १८ वर्षदेखि ३५ वर्षसम्मका खेलाडी, पूर्व खेलाडी र फुटबल खेलसँग आबद्धलाई रेफ्री बनाउने उदेश्यले धुलिखेलमा रेफ्री प्रशिक्षण कार्यक्रम सुरु भएको छ । एक साता लामो सैद्धान्तिक र प्रयोगात्मक ज्ञान लिएर युवाहरु नयाँ प्रशिक्षक बन्नेछ्न ।

बागमती प्रदेश फुटबल संघ अध्यक्ष निरोज श्रेष्ठका अनुसार प्रशिक्षण बागमती प्रदेश खेलकुद परिषदको विशेष सहयोग र अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा हुन लागेको हो । प्रशिक्षणबाट दक्ष, शारीरिक एवं मानसिक रुपमा तन्दुरुस्त जनशक्ति उत्पादन हुने उनले उल्लेख गरे ।




बागमती प्रदेश खेलकुद विकास परिषदको विशेष सहयोग तथा अखिल नेपाल फुटबल संघको प्रविधिक सहयोगमा रेफ्री प्रशिक्षण कार्यक्रमको प्रदेश खेलकुद बिकास परिषदका सदस्य सचिव सुर्यलाल भण्डारीले उद्घाटनले गरे ।


उनले यस्ता प्रशिक्षणले फुटबलमा दक्ष जनशक्ति उत्पादनमा सहयोग मिल्ने उल्लेख गरे । प्रशिक्षणमा बागमती प्रदेश भरीका ४० जना सहभागी छन । बागमती प्रदेश फुटबल संघले आज माघ २१ देखि २७ गतेसम्म क्याटेगोरी चार रेफ्री कोर्ष आयोजना गरिएको हो ।
रेफ्रिहरुलाई फुटबल सम्बन्धी आधारभूत सीप र प्रविधिको विकास गर्नुका साथै मैदान भित्र र बाहिर कसरी प्रस्तुत हुने भन्ने व्यवहारिक र सैद्धान्तिक ज्ञान दिइने उनले बताए ।