काभ्रेपलान्चोक – राष्ट्रिय युवा संघ नेपालले साधारण सदस्य बन्नका लागि अनलाइन मार्फत आवेदन जारि गरेको छ ।

युवा संघ नेपाल केन्द्रिय कमिटीको आफ्नो साङ्गठनिक जीवनलाई ब्यवथित गर्न, प्रबिधि मैत्री बनाउन अनलाइन फारमको ब्यवस्था गरेको बताएको छ। संघले फारम भरिसकेपछी क्युआरकोड बन्ने र संघको आधिकारिक सदस्य भएको आईडि कार्ड बन्ने बताएको छ।

संघका संगठन विभाग प्रमुख क्षितिज थेवेले पदाधिकारी, स्थायी कमिटी सदस्य, सचिवालय सदस्य र केन्द्रिय सदस्यहरुलाई समेत संघले जारी गरेको अनलाइन लिंकमा गएर फारम भर्न अनुरोध गरेका छन्।

त्यस्तै सदस्य बन्न चाहना गर्ने सबैले लिंकमा गएर फारम भर्न अपिल गरेका छन्।
कसरी भर्ने अनलाइन फारम ?

इच्छाको व्यक्तिले https://register.yfnepal.org/ नामक लिंकमा गएर त्यहाँ उल्लेख गरिए अनुसारको विवरण भर्न सकिने व्यवस्था गरिएको विभागले जनाएको छ।

रित पुर्याएर भरिएको अनलाइन फारम अन्तिममा संघका पदारीकारी बसेर अन्तिमरुप दिने पनि बताइएको छ।

– केन्द्रबिन्दु बाट

तपाईको प्रतिक्रिया

नैतिक व्यावहारिक तथा व्यवसायी शिक्षा प्रदान गर्दै बेलर| गुणस्तरीय शिक्षाका लागि बेलर हेर्नुस् भिडियो