

काभ्रे — श्रीकृष्ण जन्माष्टमीको अवसरमा श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रा.स., बनेपाद्वारा प्रत्येक वर्ष झैँ यस वर्ष पनि बृहत् खुला रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ। यो ११ औँ रक्तदान कार्यक्रम आगामी साउन ३१ गते (श्रीकृष्ण जन्माष्टमीको दिन) बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म हुने आयोजकले जनाएको छ।
बिज्ञापन



कार्यक्रम श्रीकृष्ण प्रणामी मन्दिर, प्राङ्गण, बनेपा–९, नयाँबस्ती, काभ्रेमा हुनेछ। यसमा इच्छुक महानुभावलाई रक्तदान गर्न हार्दिक निमन्त्रणा गरिएको छ।

रक्तदान कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा रक्त संकलन सेवा, बनेपा, काभ्रेले गर्ने छ। आयोजक समितिले यो अभियानलाई जीवनदान र मानवीय सेवाको महादानका रूपमा व्याख्या गर्दै सबैलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।