काभ्रेका क्रियासील महिला पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि ३ दिने पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ काभ्रेको आयोजना र जिल्ला समन्वय समिती काभ्रेको समन्वयमा सन्चालन गरिएको तालिम आज (शुक्रबार ) बाट सुरु भएको हो ।

तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले महिलाहरूलाई यस प्रकारका तालिमले उर्जा थप्ने बताउदै, तालिममा सिकेको कुरालाई व्यवहारमा पनि उतार्न आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले काभ्रेका महिला पत्रकारहरुलाई अझ सशक्त बनाउन र महिलाहरुलाई मिडियामा स्थापित गराउनका लागि यस प्रकारका तालिम आवश्यक रहेको बताए । उनले अनुसार, काभ्रेमा पत्रकारिता क्षेत्रमा महिलाहरुको सहभागिता कम हुँदै गएको अवस्था देखिन्छ । पत्रकारिता क्षेत्रमा महिलाहरुको सहभागिता वृद्धि गराउन र उनीहरुको क्षमता अभिवृद्धि गर्न जिल्ला समन्वय समिति काभ्रेले सहयोग गरिरहेको र भोलिको दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तालिम सफल्ताको शुभकामना व्यक्त गर्दै, कार्यक्रमका सभा अध्यक्ष एवं नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्री राज तिमिल्सिनाले सूचनाको पहुँचमा समान व्यवहार हुनुपर्ने बताए । तालिमको उद्घाटन समारोहमा जिल्ला समन्वय समिति काभ्रेका उ-प्रमुख रिम बहादुर तामाङ, जिल्ला समन्वय अधिकारी शान्ति राज प्रसाईं, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, जिल्ला स्थित प्रेस सम्बद्ध संगठनका अध्यक्षहरु, जिल्लाका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

तालिममा आधारभूत पत्रकारिता, फोटो पत्रकारिता, रेडियो पत्रकारित, फिचर समाचार लेखन लगायतका विषयमा प्रशिक्षण गराइदै छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..