काभ्रेपलान्चोक – युट्युबमा पहिलोपटक एक करोड भ्युज पाउन सफल दोहोरी गीत ‘उही खोलीमा पानी” का सर्जक केशव पौडेलको नयाँ सिर्जना उही खोलीमा पानी २ भर्खरै बजारमा आएको छ।
केशव पौडेलको शब्द, खेम पुनको लय रहेको उक्त गीतमा बसन्त थापा र देवी घर्तीको स्वर सुन्न पाइन्छ। गीतमा याम थापा मगरको एरेन्ज रहेको छ ।
“जवानीको औषधि’’ नाम दिएर उही खोलीमा पानी २ लाई सार्वजनिक गरिएको छ ।
बसन्त थापा र देवी घर्तीको स्वरमा रहेको गीतको भिडियो हालसालै सार्वजनिक गरिएको हो ।

दोलखा जिल्लाका मनोरम दृश्यहरु समेटेर छायांकन गरिएको जवानीको औषधिको भिडियो चित्र मास्की मगरको निर्देशनमा लोमश शर्मा र रबिना भण्डारीको जीवन्त अभिनयमा विवेक बि.क.ले छायांकन गरेका हुन् भने भिडियोमा पदम सुवेदीको ग्राफिक्स एवं सम्पादन छ ।

पौडेलको सिर्जनामा यशअगाडि गुन्द्रुक मीठो,पुतली ,रामकसम चट्टै लगायतका गीतहरू ले नेपाली लोक सांगीतिक क्षेत्रमा राम्रो चर्चा र लोकप्रियता बटुल्न सफल भएका थिए ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..