काभ्रेपलान्चोक– नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काभ्रे जिल्लामा भएको अधिवेशन स्थलको फोहोर केही युवाहरुले मिलेर सफा गरेका छन् । बनेपाको बहुप्राविधिक शिक्षालयको खेलमैदानमा काँग्रेस अधिवेशनको कारण फोहोरले भरिएको थियो ।

अधिवेशनको प्रचारसामाग्री र पानीका बोतलहरुले कुरुप बनेको खेलमैदान युवाहरुले आज मंगलबार सफाई गरेका हुन् । सफाईमा नेपाली काँग्रेसका नव निर्वाचित काभ्रे जिल्ला सदस्य राम कृष्ण पोख्रेलको नेतृत्वमा नेपाली काँग्रेस निकट युवाहरुको सहभागितामा चाइना टाउनको खेलमैदान र परिसरमा रहेको फोहोर मैला व्यवस्थापन गरेका छन् । 

युवाहरुको सफाई कार्यक्रम अत्यन्तै राम्रो भएको भन्दै स्थानीय र बनेपाको बहुप्राविधिक शिक्षालयको शिक्षकहरुले प्रशंसा गरेका छन् । राम्रो संस्कारको शुरुवात भएको भन्दै उनीहरुको प्रशंसा गरेका हुन् । 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..