बनेपा – नेकपा एमाले काभ्रेको जिल्ला अधिबेशन पछि उत्साहित भएको छ । स्थानीय तहको निर्वाचनमा उत्साहित एमाले गठवन्धन विरुद्ध एक्लै जिल्लामा पहिलो दल बनेको छ । सिटमा कम भएको एमाले मतमा पहिलो भएको छ । त्यहि उत्साहलाई एमालेले आगामी निर्वाचनमा जिल्लाका सबै निर्वाचन क्षेत्रमा विजयी बनाउँदै समानुपातिक तर्फको मत बढाउने रणनीति बनाउँदै कार्यकर्ता र जनताको घर घर पुगेको छ ।
के ग¥यो अधिबेशन पछि ?
एमाले काभ्रेको २०७८ पौषमा सम्पन्न अधिबेशन पछि प्रत्येक तीन तीन महिनामा नियमित बैठक बस्ने पार्टीको विद्यान अनुसार चारवटा जिल्ला कमिटीको बैठक सम्पन्न गरेको एमाले काभ्रेका सचिव राजन भुर्तेलले जानकारी दिए । जिल्ला कमिटी निर्वाचित भए लगत्तै १५ वटा बिभागहरु गठन गरी बिभागिय काम ब्यबस्थित रुपमा शुरुवात भएको छ भने दुई वटा संघिय निर्वाचन क्षेत्र र ४ वटा प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी गठन तथा नियमित बैठक आयोजना भएका छन् । सबै पालिकामा गरि हालसम्म ५ सय ६८ वटा टोल कमिटी गठन भएका छन् । काभ्रे काठमाण्डौ सम्पर्क मञ्चको जिल्ला सम्मेलन सम्पन्न भएको छ । पालिका सम्पर्क मञ्च गठन भएका छन् । जिल्ला कमिटी, जिल्ला सल्लाहकार परिषद, जिल्ला विभाग, क्षेत्रीय समन्वय कमिटी, पालिका कमिटी, पालिका सल्लाहकार परिषद, वडा कमिटी, टोल कमिटी, काठमाण्डौं सम्पर्क मञ्च लगायतका कमिटीमा गरि २० हजार २ सय ४७ जना पार्टी सदस्य कमिटीमा संगठित भएका छन ।
जिल्ला कमिटीको आयोजनामा स्थानीय निर्वाचन अगाडी १३ वटा पालिकामा २ दिने प्रशिक्षण कार्यक्रम संचालन भएको छ भने सबै पालिका र वडा स्तरमानिर्वाचन परिचालन कमिटी गठन तथा परिचालन भएको छ । स्थानीय निर्वाचनमा उम्मेद्वार छनौट प्रक्रियालाई कमिटी प्रणालीमा स्वस्थ, निष्पक्ष, पारदर्शी, जवाफदेहि र लोकतान्त्रिक मुल्यमान्यता अनुरुप छनौट तथा सिफारिस गर्नका लागि पालिकाका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्ष पदको उम्मेदवार चयनको लागि सुझाव सहितको सिफारिस पालिका कमिटीको बैठकबाट गरिएको छ । बैठकले सर्बसम्मत पठाएका नामावलीलाई जिल्ला कमिटीले परिवर्तन नगरेको सचिव भुर्तेलले जानकारी दिनु भयो । सर्वसम्मत हुन नसकेका पदका लागि जिल्ला कमिटिमा सिफारिस भई आएका नामका बारेमा सम्बन्धित पालिका इन्चार्ज, पालिका अध्यक्ष तथा जिल्ला इन्चार्ज, सह इन्चार्ज सहितका नेता कमरेडहरुको परामर्शमा जिल्ला कमिटीले पालिकाका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्षको नाम सर्वसम्मतीले प्रदेस कमिटीमा सिफारिस गरेको थियो ।
एमाले काभ्रेले जनसंगठनका भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । अनेरास्ववियुको १३ वटै पालिका सम्मेलन र जिल्ला सम्मेलन सम्पन्न भएको छ । अनेमसंघको १२ वटा पालिकामा पालिका सम्मेलन सम्पन्न भई चैत्र ११ गते जिल्ला सम्मेलन सम्पन्न भएको छ । नेपाल उत्पिडित जातीयमुक्ति समाजको १२ वटा पालिकामा पालिका सम्मेलन र जिल्ला सम्मेलन सम्पन्न भएको छ । राजसाँ महासंघको जिल्ला सम्मेलन सम्पन्न भएको छ । घटक संघहरु निर्माण भएका छन् । नेपाल राष्टिय भुतपूर्व प्रहरी तथा शैनिक संगठनको जिल्ला सम्मेलन सम्पन्न भएको छ । नेपाल बुद्धिजिवी परिषदको जिल्ला सम्मेलन सम्पन्न भएको छ । राष्टिय स्वास्थ्यकर्मी संघको जिल्ला सम्मेलन  सम्पन्न भएको छ । लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठनको जिल्ला भेला मार्फत जिल्ला कमिटी गठन भएको छ । भूमिहीन सुकुम्बासी संगठनको जिल्ला भेला मार्फत जिल्ला कमिटी गठन भएको छ । प्रेस चौतारी नेपालको जिल्ला सम्मेलन सम्पन्न भएको छ । मानवअधिकार एलायन्सको जिल्ला सम्मेलन सम्पन्न भएको छ । नेपाल उद्योग तथा ब्यवसायी महासंघको जिल्ला भेलामार्फत जिल्ला कमिटी गठन भएको छ । प्रगतिशील तथा पेशागत कानून ब्यवसायी संगठनको जिल्ला सम्मेलन सम्पन्न भएको छ । रिटर्नी फेडेरेशनको जिल्ला सम्मेलन सम्पन्न गरिएको छ । लोकतान्त्रिक अपाङ्ग संघको जिल्ला कमिटी गठन गरिएको छ ।
एमाले काभ्रेले अभियान सँगै पार्टी प्रवेशलाई पनि जोड दिएको छ । अधिबेशन पछि एमाले काभ्रेमा नेकपा माओवादी केन्द्रबाट प्रदेश कमिटीका सल्लाहकार सदस्य, जिल्ला कमिटीका सदस्यहरु र रोशी गाउँपालिकाका अध्यक्ष, नमोबुद्ध नगरपालिका कमिटीका कोषाध्यक्ष लगायत ३ सय ५० भन्दा धेरै नेता कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराएको छ । नेकपा एकिकृत समाजवादीबाट दर्जनौं कार्यकर्ताहरु पार्टीमा फिर्ता भएका छन् । एमाले काभ्रेले निर्वाचनलाई लक्षित गर्दै साउन १ गते देखि भाद्र २० गतेसम्म पाटी सुदृढीकरण तथा सुद्धिकरण अभियान २०७९ संचालन गरिरहेको छ । जिल्ला कमिटीको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिनुभयो । अभियान अन्र्तगत पार्टीको पालिका तह र जनसंगठनका सबै तहहरुमा प्रभाबकारी रुपमा प्रशिक्षण, भेला अयोजना भईरहेका छन् । जिल्ला कमिटीले जिल्ला स्तरीय  बृहत कार्यकर्ता प्रशिक्षण तथा सम्पन्न गरिसकेको छ भने जनसंगठनका जिल्ला कमिटीका पदाधिकारीहरुको संयुक्त अनुशिक्षण सम्पन्न गरेको छ ।
यहि अभियानमा पालिका, वडा र टोलस्तर सम्मका पार्टी कमिटीहरुको गृहकार्य सहितका बैठक आयोजना हुनेछन् भने गठन गर्न बाँकी रहेका टोल कमिटीहरु गठन गर्ने निर्णय गरेको छ । केहि कमिटीहरुलाई आवश्यक परेको अवस्थामा पुर्नगठन गर्न निर्देशन दिईएको छ । पार्टी सदस्यता नविकरणको काममा प्राथमिक महत्वका साथ लाग्न र पार्टी केन्द्रले तोकेको समयावधी १५ भाद्र सम्ममा सबै संगठित सदस्यहरुको नविकरण गर्न गरिसक्ने निर्णय गरेको छ । जनसंगठनहरुले पनि पालिकास्तरसम्म प्रशिक्षणका कार्यक्रमहरु आयोजना गर्नेछन् । पालिकातहमा पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरु, पालिका सल्लाहकार परिषदका पदाधिकारी तथा सदस्यहरु, जनसंगठनका पालिका कमिटीका पदाधिकारीहरु, पार्टी वडा कमिटीका पदाधिकारीहरु, स्थानीय निर्वाचन २०७९ मा निर्वाचित सबै जनप्रतिनिधी तथा उम्मेदवारहरु, पूर्व जनप्रतिनिधीहरु सहभागि हुनेछन् भने वडा तहका प्रशिक्षण कार्यक्रममा वडामा रहेका सबै पार्टी सदस्यहरु सहभागि हुनेछन् ।
त्यस्तै जनप्रतिनिधिको भूमिकालाई शशक्त बनाउन एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुको पालिका स्तरमा प्रशिक्षण कार्यक्रम गर्ने, पालिका स्तरमा अग्रजबाट सिकौं र अग्रजलाई सम्मान गरौं भन्ने कार्यक्रम आयोजना गर्ने, वुद्धिजिवी र विषय विज्ञहरुसँग अन्र्तक्रिया गरी सुझाव संकलन गर्ने, स्थानीय तहको निर्वाचनमा भएका कमिकमजोरी सुधार्ने, वडा तहसम्मका पार्टी कार्यालयहरु व्यवस्थित गर्ने, सबै कमिटीहरुले आन्तरिक लेखा परिक्षण गराउने, आर्थिक स्थिती सुदुढ पार्ने योजना बनाउन निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..