चितवन – काभ्रे जिल्ला बाट पनि नेकपा (एमाले)को दशौँ महाधिवेशनमा बाक्लो सहभागिता देखिएको छ । जिल्लाका १३ वटा नै स्थानीय तह बाट नेता कर्याकर्ताहरु महाधिवेशनमा पुगेका छन् ।
नेकपा (एमाले)को दशौँ महाधिवेशनमा बनेपा नगर बाट अरु नगरको भन्दा नेता कर्याकर्ताको बाक्लो उपस्थित रहेकोे जिल्ला स्तरीय नेताले काभ्रे प्रेस लाई जानकारी दिएका छन् । 

पाँच लाख मानिसको सहभागितामा आज नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिले महाधिवेशनको उदघाटन गर्नु हुने छ ।नेकपा (एमाले)को दशौँ महाधिवेशन सुरक्षाका लागि २२ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले मध्याह्न १२ः०० बजे गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । आज नारायणी नदी किनारमा महाधिवेशन उद्घाटन तथा ११ र १२ गते सौराहामा बन्दसत्र एवं नेतृत्व चयन गर्ने एमालेको तयारी छ ।

महाधिवेशन उद्घाटनको लागि एमालेले नारायणी नदी किनारमा भव्य सजावटसहितको मञ्च बनाएको छ । सहभागीलाई लक्षित गरी एमालेले विभिन्न ठाउँमा प्रत्यक्ष प्रसारण अवलोकनका लागि ठूलाठूला डिजिटल बोर्ड समेत राखेको छ । 

महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् । भूगोल, जनसङ्गठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र पाँच प्रतिशत मनोनीत ९१०६ जना० गरी दुई हजार १७५ प्रतिनिधि र १०३ पर्यवेक्षक सहभागी हुने एमालेले जनाएको छ । एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेतासमेत पर्यवेक्षकका रूपमा सहभागी हुने एमालेले जनाइएको छ । 

कुल प्रतिनिधिमा ६२७ जना महिला र २०९ दलित प्रतिनिधि रहेका छन् । महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी भएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..