काभ्रेपलान्चोक – विभिन्न राजनीतिक दलहरुका नेता कार्यकर्ताहरु निर्वाचनको मिति घोषणा भए देखि नै गाउँ केन्द्रित हुदै आइरहेका छन । विभिन्न कार्यक्रम र मतदाता संग सम्बाद बढाइ रहेको पाइन्छ तसर्थ सिम्थलीको सचेत नागरिकको बुझाइ निर्वाचन नजिकिदै गर्दा नेता कार्यकर्ता गाउँ केन्द्रित हुने प्रचलनले सिम्थलीको विकास भन्दा पनि राजनीतिक दलको विकासको निम्ति जोड दिएको भन्ने प्रष्ट हुन्छ। राजनीति जनतामा केन्द्रित हुनु पर्नेमा स्वार्थमा केन्द्रित भएको र निर्वाचनको बेला बाढिने मिठो आस्वासनले मात्र सिम्थलीको जनतालाई राहतको महसुस गराउन नसक्ने नेकपा एमाले भुम्लु गाउँपालिका-२ सिम्थलीका उपाध्यक्ष सुजन खड्काको बुझाइ छ।

प्रष्ट भन्नु पर्दा भुम्लु-२ सिम्थलीमा एमाले कमजोर होइन बलियो छ, सिम्थली बाट समाजवादि पार्टिमा जनता वा कार्यकर्ता जानुभएको होइन सिमित नामै तोकेर गन्न सकिने अवसरवादको पराकास्ठ देखाउने जानु भएको हो र समाजवादीकाहरुले सिम्थलीमा बलियो छौ भन्दै फैलाउनु भएको यस्तो निराधार हल्लामा कुनै सत्यता छैन।
सिम्थलीको जनताको स्पष्ट बुझाइ छ, गरिब दुखिको घाउमा मलम पट्टि बनेर खडा हुने प्यारो पार्टी नेकपा एमाले छोड्न त् के कल्पना समेत गर्न सकिने छैन सुजन खड्का बताउनु भयो ।

समाजवादीकाहरुले भुम्लु-२ सिम्थलीमा नाङ्गो नाच र दोहोरो चरित्र प्रस्तुत गरको भन्ने जनताले आरोप लगाएका छन्। यो भन्दा अघिल्लो निर्वाचनमा हाम्रै घर आंगानमा आएर एमाले जनताको पार्टी हो भोट दिनुस भन्दै भोट मागेको र आज फेरी एमाले ठिक भएन भनेर हाम्रै सामु बोलि परिवर्तन गर्ने गरेको आरोप लगाएको छन्।

“समाजवादीकाहरुलाई सिजन अनुसारको बोलिमा भन्दा पनि नेकपा एमालेमा आखा चिम्लेर बिस्वास गर्न समेत आग्रह गरेको छौ” उनले भने । नेकपा एमालेको मत र सिम्थलीको जनताको मनलाई लत्याएर व्यक्तिगत अबिस्ट पुरा गर्न हिड्नु भएको वडा अध्यक्षले निर्वाचन जित्न त् केवल टाढाको विषय भोट माग्ने राजनीतिक अधिकार समेत गुमाइसक्नु भयो। यो निर्वाचनमा भोट माग्ने र निर्वाचन जित्ने अवसर जनताको पार्टि एमालेलाई रहेको छ। एमाले गरेको महत्व पूर्ण विकास र योगदान सिम्थलीका जनताको मन मस्तिकमा ताजै छ । अहिले सम्म सिम्थलीमा जति बिकासका लहरहरु आए अधिमस जनताले प्रत्याभूति हुने विकास एमालेले गरेको र बाकि विकासका योजना पुरा गर्न पनि एमालेको नेतृत्व आवश्यक भएकोले निर्वाचनमा जित सुनिस्चित रहेको बताएका छन् ।

सिम्थलीको जनताले भोग्नु परेको पिडा

सिमित व्यक्तिले बिधुत महसुल शुल्क नतिर्दा सिंगो सिम्थालीले भोग्नु परेको लामो समयको अन्धकारको पिडा र बिरामी हुदा एम्बुलेस समेत संचालन गर्ने कठिन मोटर बाटोको पिडा भुल्न सकेका छैन। निर्वाचनमा देखाइएको गुलियो आस्वासन बाहेक अधक्ष्यले जनतालाई प्रत्यक्ष अनुभूति हुने कुनै काम गरेको देखिएन जनताले सोचेका थिए स्थानिय सरकारको आगमन पछि जनताको जीवनस्तर सुधारमा वृहत परिवर्तन आउछ भन्ने तर ठिक उल्टो जनताको जीवनमा भन्दा पनि जनप्रतिनिधिको जीवनमा मात्रै प्रत्याभूति भएको पाइयो।

सिम्थलीको शैक्षिक क्षेत्र हेर्ने हो भने झनै नाजुक बन्दै गएको पाइन्छ, विद्यालय ब्यबस्थापन समितिमा +2 सम्म गरेको योग्य व्यक्ति छनोट हुनुको साटो जनप्रतिनिधिको मन मिल्ने छनोट हुनु झनै दुखको कुरो हो । यस्ता निर्णयले सिंगो विद्यालय र विधार्थीको भविस्य माथि दुर्गामी असर पर्ने देखिन्छ।

जनप्रतिनिधि छनोट भएको पहिलो र दोस्रो वर्ष हेर्ने हो भने नेपालिहरुको महान चाड दशैँ/तिहारमा समेत यातायात संचालन हुन् सकेन कहिले सापिङ र कहिले काभ्रे बाट यात्रुको बिचल्ली हुने गरि बस फर्किन्थ्यो बाटो सुधार गरि गन्तव्य सम्म यातायात संचालन गर्नु पर्यो भनि गरेको अनुरोधलाई अधक्ष्य बाट प्रत्यक चोटी व्यवस्था भएको तितो यथार्थ जनता सामु छर्लङ्ग छ। सिम्थलीको जनताको गुनासो हाम्रो पिडाको अनुभूति गर्न नसक्ने जनप्रतिनिधि चुन्नु दुखद भन्दै निसकेको आवाज आजकै हो जस्तो लाग्छ।

समाजवादीकाले आफ्नो सामाजिक संजाल मार्फत प्रदेश सरकार बाट २१ करोड बजेट सापिङ सिम्थली बेख्सिम्लेको मोटर बाटोलाई बजेट परेको भनि झुटो स्टाटस पोस्ट ले नै पुस्टि गर्छ तिव्र बिकासको योजना भन्दा पनि सस्तो लोकप्रियताको प्रतिस्पर्धा छ भन्ने प्रष्ट देखिन्छ ।

त्यसैले जनताले आस्वासनमा भन्दा विकासमा विश्वास गर्नु पर्ने र विकास सम्भव एमालेको नेतृत्व बाट भएको हुनाले समग्र सिम्थली बासि आमा,बुबा,दाजु,भाइ,दिदि बहिनि र राजनीतिक कर्मीहरु लगाएत आम सिम्थलीवासी जनसमुदाय प्रष्ट पार्न चाहान्छु ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly