काभ्रेपलान्चोक – सवारी दुर्घटना नियन्त्रण गर्न काभ्रे जिल्ला ट्राफिक प्रहरीले काभ्रेको विभिन्न ठाउँमा सडक जनचेतना अभियान सुरु गरेको छ । सवारी दुर्घटना नियन्त्रण गर्न प्रहरीले चालक तथा यात्रुसँग सडक जनचेताना अभियान सुरु गरेको हो।

जनचेतनाको अभावका कारण कतिपय सवारी दुर्घटनामा पैदल यात्रीले समेत ज्यान गुमाउनु परेको भन्दै चालक यात्रुलाई जिम्मेवार बनाउनका लागि सडक जनचेतना अभियान संचालन गरिएको काभ्रे जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिनु भयो ।

जनचेतनाको अभावका कारण यातायातका साधनको सीट क्षमताभन्दा बढी यात्रु बस्ने, जथाभावी बाटो काट्ने गरेका कारण यात्रुलाई जनचेतनाको माध्यमबाट सचेत गराउन यस्तो अभियान सुरु गरेको श्रेष्ठले बताउनु भयो ।

उता, रातको समयमा मादक पदार्थ सेवन गरी सवारी नचलाउ, ट्राफिक प्रहरीको नियम पालना गरौं जस्ता स्टिकर सवारी साधनमा टासिंएको थियो । विना सवारी चालक अनुमति पत्र सवारी चलाउने लाई नियन्त्रमा लिएर ट्राफिक प्रहरीले कारबाही गरेको छ ।   

तपाईको प्रतिक्रिया

नैतिक व्यावहारिक तथा व्यवसायी शिक्षा प्रदान गर्दै बेलर| गुणस्तरीय शिक्षाका लागि बेलर हेर्नुस् भिडियो