काभ्रेपलान्चोक – बनेपा नगरपालिका प्रमुख, उप-प्रमुख,प्रशासकीय अधिकृत लगायतको टोलिले बनेपा ९ मा बन्दै गरेका विभिन्न योजनाहरुको अनुगमन गर्नु भएको छ ।   

बनेपा नगरपालिकाका वडा नम्बर ९ का विभिन्न योजनाहरुको निरिक्षण टोलिमा नगर प्रमुख लक्ष्मी नरसिं बादे, उप प्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेती, नेकपा एमाले जिल्ला युवा नेता कुमार तिमल्सिना, योजना अधिकृत शर्मिला बन्जाडे, ईन्जिनियर जय मानन्धर, प्राविधिक सन्जिब मानन्धर, नेकपा एमाले बनेपा ९ नम्बर वडा कमिटी अध्यक्ष विक्रम प्रजापति र समाजसेवि मंलमान प्रजापतिले बन्दै गरेका योजनाहरुको अनुगमन गर्नु भएको छ । 

अनुगमन गर्दै नगर प्रमुख बादेले कृषिमार्ग सडक चाडो सम्पन्न गर्न आग्रह गर्नु भएको छ । उता बनेपा ९ मगर गाउँमा बन्न लागेको बृद्ध पार्क तथा बुद्धको मुर्ति राख्ने कार्य छिट्टै शुरु गरिने बताउनु भयो ।   

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly