आजको मन्त्रिपरिषद् बैठक: महत्वपूर्ण निर्णयहरू सार्वजनिक

# आजको मन्त्रिपरिषद् बैठक: महत्वपूर्ण निर्णयहरू सार्वजनिक
काभ्रे प्रेस
काभ्रे प्रेस || सोमबार, पुष २१, २०८२
आजको मन्त्रिपरिषद् बैठक: महत्वपूर्ण निर्णयहरू सार्वजनिक

काठमाडौँ :- आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयहरु 

बिज्ञापन
-समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय भएको छ।

-जेनजी सहिद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय भएको छ ।

-नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारी पत्र स्वीकृत गर्ने निर्णय भएको छ ।

-नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय भएको छ।

-पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ स्वीकृत गर्ने निर्णय भएको छ।

-वन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय भएको छ।

-नेपाल लेखा परीक्षण सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up