
काठमाडौं । विगतमा गुण्डा नाइकेको ट्याग पाएका चक्रे मिलन (मिलन गुरुङ) लाई नेकपा एमालेले गोरखा क्षेत्र नं-२ बाट प्रतिनिधिसभाको निर्वाचनका उम्मेदवार सिफारिस गरेको छ ।

वि.सं.२०५० सालदेखि एमालेमा सक्रिय बनेका उनी सामाजिक कार्यमा पनि क्रियाशील छन्।
बिज्ञापन

केही महिना अगाडि उनी गुन्डागर्दी गरेको आरोपमा पक्राउ परेका थिए । काठमाडौँ जिल्ला अदालतले चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न आदेश गरेको थियो ।




