एसपी रुगम कुँवरद्वारा ईलाका प्रहरी कार्यालय दुहबीमा, अढाई तला नयाँ भवनको शिलान्यास

इलाका प्रहरी कार्यालय दुहबीमा निर्माण हुन लागेको प्रहरी कार्यालयमा नयाँ भवन तथा आवास गृहको शिलान्यास भएको छ । उक्त भवनको शुक्रबार बिशेष समारोहकाबीच जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगम कुँवरले शिलान्यास गरेका छन ।

पुरानो भवन जिर्ण भई दैनिक कामकाज कारवाहीमा कठिनाई भएको भन्दै ५ कठ्ठा जग्गामा, २ करोड ७ लाख ९४ हजार ३९० रुपैयाँको कुल लागतमा सुबिधा सम्पन्न कार्यालयको अढाई तलाको भवन तथा आवास गृहको निर्माण हुन लागेको हो ।

बिज्ञापन

प्रहरी उपरीक्षक कुँवरसहित विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासको विशेष उपस्थितिमा भवनको लागि शिलान्यास (भूमिपूजन) गरिएको हो ।