काभ्रेपलान्चोक – बेलायतमा रहेको कान्छा कान्छी समुहले आर्थिक अवस्था कम्जोर भएका मानिसहरु लाई सहयोग गरेको छ । हिजो बनेपा नगरपालिका वडा नं. ८ निकास व्यक्तिहरु लाई आर्थिक सहयोग गरिएको हो ।
बनेपा इन्द्र शोभा क्लबका अध्यक्ष नेपाली कांग्रेसका युवा नेता सामाजिक अभियान्ता हरि थापाको विशेष पहलमा आर्थिक रुपामा विपन्न परिवार लाई सहयोग गरिएको थियो । बेलायतबाट नेपालमा पटक पटक सामाजिक अभियान अन्तर्गत आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरु लाई सहयोग गर्दै आउनु भएको कान्छा कान्छी समुहको तर्फबाट पार्बती गुरुङ तथा माया गुरुङ आएर सहयोग गर्नु भएको थियो ।
धर्म मानन्धरको हात बाट बनेपा ८ निवासी एक वृद्ध लाई सहयोग गरिएको थियो । बिगत लामो समय बाट प्यारालाइसिस भइ उपचार र खानपानमा समस्य देिखएको कारण सहयोग गरिएको थियो । सहयोग स्वरुप नगद चालिस हजार रुपैया हस्तान्तरण साथै उहाँको स्वास्थ सिघ्र लाभको कामना समेत गरिएको थियो ।
उक्त सहयोग कार्यक्रममा नेपाल तरुण दल निवर्तमान केन्द्रिय सदस्य सुधिर बैध, नेपाली कांग्रेसका युवा नेता राजेन्द्र थापा, नेपाल ट्रेडयुनियन बनेपा नगर सभापति संगम थापा, नेपाल तरुण दल बनेपा नगर सभापति बिजेन रंजित लगायत अन्य व्यक्तिहरु उपस्थितमा सहयोग रकम प्रदान गरिएको थियो ।