बरिष्ठ लोक गायक एलपी जोशीको निधन भएको छ। बिहीबार साँझ ८८ बर्षको उमेरमा उहाँको निधन भएको हो । उहाँको स्वास्थ्यमा अचानक गडबडी आएपछि उपचारका लागि दमक अस्पताल पुर्‍याइएको थियो जहाँ
जोशीले अन्तिम श्वास लिनुभयो । जोशीका ‘रिटिङ रिटिङ नबजाउ बिनायो’ ‘ओल्लो खोलो पल्लो खोलो’ लगायतका दर्जनौँ गीत लोकप्रिय छन् ।

विसं.१९९३ सालमा धनकुटा ६ बिचबजारमा जन्मिनुभएका जोशीले जीवनभर लोकसंस्कृतिको क्षेत्रमा योगदान पुर्‍याउनुभयो । उहाँ हार्मोनियम र तबला बजाउन निपूर्ण हुनुहुन्थ्यो ।

जोशीको दाहसंस्कार झापाको कन्काइ माइमा आज (शुक्रबार) ११ बजे गरिने जनाइएको छ । उहाँ आफ्ना छोरा मिलन र परिवारका सदस्यका साथ दमकमा रहनुभएको थियो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….