राप्रपा बुढानिलकण्ठ नगर उपाध्यक्ष शिव श्रेष्ठको आयोजनामा बिजया दशमी, शुभ दीपावली छठ पर्व र भिन्तुनाको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । शनिबार बुढानिलकण्ठ स्थित बिश्राम होटलमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा उ.का.स. सदस्य भुवन पाठक, जिल्ला अध्यक्ष नवराज सिम्खडा, केन्द्रीय सदस्य तथा महिला भातृ संगठन शाह अध्यक्ष निना भेटवाल, केन्द्रीय सदस्य तथा महिला भातृ संगठन कोषाध्यक्ष सुनिता गुरुवाङ्ग, ट्रेड युनियन भातृ संगठन अध्यक्ष चिरागमान सिंह लगायतको उपस्थिती रहेको थियो ।

शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने व्यक्तित्वहरूले आउँदै गरेको शुभ दीपावली छठ पर्व र भिन्तुनाको अवसरमा शुभकामना दिदै कार्यक्रम आयोजना गरेकोमा आयोजक शिव श्रेष्ठप्रती कृतज्ञता ब्यक्त गरेका थिए ।
कार्यक्रममा रा.प्र.पा का केन्द्रीय सदस्यहरूसँगै रा.प्र.पा. प्रती आस्था रहेका स्थानियहरूको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..