काभ्रे – दशैंको सार्वजनिक बिदामा पनि बनेपा नगरपालिकाको स्वास्थ्य शाखा भने खुल्ल हुने भएको छ ।

दैनिक आपत्कालीन सेवा सञ्चालन भै रहेको स्वास्थ्य शाखा प्रमुख शम्भु कुमार महतोले बताउनुभयो । नगरपालिकाले असोज २० गते नै विज्ञप्ति निकालेरले दशैंको सार्वजनिक बिदाका बेला पनि स्वास्थ्य शाखा खुल्ला नै रहने बताएको थियो ।
दशैं बिदामा पनि स्वास्थ्य शाखा मार्फत हुने कुनै पनि स्वास्थ्यसंग सम्बन्धित गतिविधि नरोकिने भएकाले चाहेको बेला सेवा लिन सक्ने स्वास्थ्य शाखा प्रमुख महतोले बताउनुभयो ।
नगरपालिकाले स्वास्थ्य शाखा प्रमुखको मोबाइल नम्बर ९८५११४०३४५ मा सेवा लिने सर्वसाधारणलाई फोन गर्न सक्ने ब्यवस्था मिलाएको छ ।- मिलिजुली खबर बाट

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..