विराटनगरमा भएको दोस्रो चरणको अडिसनमा ९ जना सहभागि मध्ये ४ जना छनौट भए । यस्तै इटहरीमा भएको पहिलो चरणको अडिसनमा १५ जनामा ९ जना छनौट भएका हुन् । यसअघि सम्पन्न भएको पहिलो चरणको अडिसनबाट १७ जना छनौट भएको जय मिडिया म्यानिजमेन्ट प्रालिका चियरमेन जय राज रायले जानकारी दिए । दुई चरणको अडिसनदेखि फाइनलमा ३० जना पुगेका छन् ।

उक्त प्रतियोगिताको फाइनलमा ३५ जना प्रतियोगि छनौट गरिनेछ । थप पाँच जना प्रतियोगि अनलाइनबाट लिने तेस्रो चरणको अडिसनदेखि छनौट गरिने आयोजकले जनाएको छ । ‘प्रतियोगितामा सहभागि जनाउने इच्छुकहरूको लागि अनलाइन अडिसन हामीले खुल्ला गरेका छौं,’ सिइओ निशा खतिवडाले भनिन्, ‘प्रतियोगितामा भाग लिने इच्छुक किशोरीले अनलाइनबाट पनि सहभागि जनाउन सक्नुहुनेछ । सहभागि मध्ये उत्कृष्ट हुने किशोरीलाई फाइनलको लागि छनौट गरिनेछौं ।’

किशोरीमा भएको प्रतिभा उजागर गर्नुको साथै व्यातित्व विकास गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको फाइनल आगमी असोजमा हुनेछ ।
छनौट भएका किशोरीहरूलाई महिना दिनको बन्द प्रशिक्षण भदौको दोस्रो हप्तादेखि सुरु हुनेछ । आयोजकले सहभागिहरुको सहजको लागि अनलाइन र भौतिक रुपमा अडिसन लिने गरेको छ । प्रतियोगिताको बिजेता स्कुटी र विभिन्न गिफट ह्याम्परको साथै पोखरा टुर पनि रहेको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..