पनौती – काभ्रेजिल्लाको पनौति नगरपालिका वडा न ४ स्थित तपाई हाम्रो साप्ताहिकको कार्यालयको प्राङ्गणमा २३ जना बिपन्न परिवारलाइ राहत बितरण गरेका छन्। कार्यक्रमका प्रमुख अतिथि समाजसेवी नेपाली काङ्ग्रेसका वडा अध्यक्ष उमेदवार तथा पुर्ब वडा सभापती कुमार हुमागाईको आतिथ्यमा राहत बितरण सम्पन्न भयो।अतिथिमा तरुणदलका नगर अध्यक्ष तथा नबनिर्बाचित वडा सभापति महेश थापाको उपस्थिती रह्यो भने पत्रकारहरुमा अन्नपूर्ण पोस्ट जिल्ला रिपोर्ट,काभ्रे हेडलाइन रिपोर्टर तथा एपि वान टेलिभिजनका जिल्ला प्रमुख रोजन तामाङ,सौर्य दैनिक अनलाइन जिल्ला रिपोर्टर,काभ्रे सन्देश पत्रीकाका कार्यकारी सम्पादक शुकदेव थपलिया, मिलिजुली अनलाइनका रिपोर्टर प्रकाश सुन्दास,साङ्राङ टि भि र हाम्रो पनौतीका युटुबर सुमन चापागाईंको गरिमामय उपस्तिथि रहेको थियो। कार्यक्रमका संयोजन तपाईंहाम्रो साप्ताहिक र तपाईंहाम्रो अनलाइनका प्रकासक तथा प्रधान सम्पादक बुद्धकुमार श्रेष्ठले गर्नु भयो।

बिगत १ दसक देखी तपाइ हाम्रो साप्ताहिकले समाजसंग जोडिएका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। काभ्रेमा भएका सार्बजनिक सरोकारका विभिन्न प्रकारका अनिमियतताका विषयमा गहिरो चिरफार गरी आवाज बिहिनहरुको आवाज बन्ने उद्देश्यले यस प्रकारका कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन्। समाजमा विद्यमान विभिन्न विकृति विसंगति र भ्रष्टाचारलाई जरैदेखि निर्मुल पार्ने पवित्र सोच र उद्देश्यका साथ चेतनामूलक कार्यक्रम जारी राखेका छन्। आगामी दिनहरुमा यस प्रकारका अनिमितताहरु र बेथितिका बारेमा भन्डाभोर गरि अति बिपन्न आवाज बिहिन जिल्लाबासीहरुको आवाज सम्पुर्ण जिल्लाबासी समक्ष पुर्याइ सकेको सहयोग निरन्तर दिने पक्षमा दृढताका साथ अघि बढेका छन्।

पनौती बस पार्कबाट पश्चिमतर्फ हुँदै पनौती नगरपालिका जाने मार्ग, पनौती नगरपालिका-४ स्थित टौखाल पार्क अगाडिको मार्गहरुमा स्थानीय सरकारले नदेखेको पिडा महसुस गरि बाटो मर्मत ,यसैगरी पनौती नगरपालिका वडा नम्बर ४ का अति विपन्न परिवारहरुलाई स्वास्थ्य बीमा , पनौतीमा निर्माण पशुपति धर्मशालामा टायल रङ्गरोगन,गत सोमबारबाट खुल्ला गरिएको पनौती-५ बाँसघारीमा नवनिर्मित मुक्तिनाथ मन्दिरमा ५० हजार रकम , संभवत नेपालकै अग्लो गणेश भगवानको मूर्ति पनौती न. पा. ६ गोरखनाथमा स्थापनाका लागि आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गर्दै आउनु भएका ब्याक्ती जो विगत एक दशकदेखि निस्वार्थ भावले तनमन देखिनै लागि पर्नुहुने हाम्रो समाजका सामाजिक अभियान्ता रुपमा परिचीत,निस्वार्थ अभियानको नाटक मञ्चन गर्नेहरुको भिडमा छुट्टै पहिचान बनाउन सफल समाजसेवी, गरिब निमुखा, असाहाय ,बेरोजगार, युवाहरुलाई आत्मनिर्भर बनाइ समाज रुपान्तरण गरी समृद्ध बनाउने प्रमुख लक्ष्य लिनुभएका, चिप्ला कुराले काम गर्ने होइन बास्तबमै काम गरेर देखाउन जन्मेका समाजसेवी नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार तथा पूर्व वडा सभापति साथै सफल व्यवसायी पनौती न.पा.४ निवासी कुमार हुमागाईं हुन्। यस कार्यक्रमका प्रमुख सहयोगी मनदेखि नै आफ्ना वडामा रहनुभएका कोरोना कहरमा थलिनु भएका र आर्थिक हिसाबले दयनीय अबस्था भई रोजगारी गुमाई हिन्दुहरुको महान चाँड दशै मनाउन समस्या परेका वडा वासिहरुलाई आज दशैंको अष्टमीको बिहानी पख केही रकम र खाद्यान्न बितरण गर्नु भएको छ।

कयौँ मान्छेले ठूल ठूला होटल, रेष्टुरेन्टमा गएर एकै पटक लाखौं खर्च गरिरहेका हुन्छन् । तर गरिब घर परिवारलाई एक बोरा चालमले कम्तिमा १५ दिन धान्छ । घरमा खाद्यान्न नभएकै कारण कोहि कसैको पनि चाड पर्व खल्लो नहोस् भनेर सहयोग गरेको हुँ । मैले धेरै पहिले देखि सहयोग गर्दै आईरहेको छु । आगामी दिनमा पनि गर्ने छु, नेता हुमागाईले भन्नुभयो ।’

सहयोग हस्तान्तरण कार्यक्रममा कांग्रेसका नवनिर्बाचित वडा सभापति महेश थापाले दुःखमा परेका, गरिब, असहाय, अशक्त, विपन्न परिवारलाई सहयोग गर्न कांग्रेस सदै तयार रहेको बताउनुभयो ।‘सक्नेले नसक्ने ब्यक्तिलाई सहयोग गर्दा आत्मियता बढ्ने हो । कांग्रेस नसक्ने ब्यक्तिलाई सहयोग गर्न सदै तत्पर छ । अरू बेला भन्दा चाड पर्व विशेष हुने भएकाले पनि हुनेले नहुनेलाई सहयोग गर्दा घरको चुल्हो बल्छ, वडा सभापति थापाले भन्नुभयो ।’तपाई हाम्रा साप्ताहिक पत्रिकाका प्रकासक बुद्धकुमार श्रेष्ठको पहलमा राहत वितरण गरिएको हो । दशैंको बेला खाद्यान्न र आर्थिक सहयोग पाउँदा विपन्न परिवार खुशी भएका थिए ।

उक्त कार्यक्रममा तपाई हाम्रो साप्ताहिकका प्रकासक बुद्धकुमार श्रेष्ठ बताउनु हुन्छ:पनौती न पा-४ मा मात्रै होइन हाम्रो अभियान १२ वटै वडामा जाने तयारिमा जुटेका छौ।कोहि कसैले आर्थिक अभावमा मृत्यु बरण गर्न नपरोस भन्ने पबित्र चाहनाले यस्तो राहत बितरण कार्यक्रम बारम्बार गरिरहेका छौ र यसलाइ निरंतरता दिने प्रतिबद्धता प्रकट गर्नु भएको छ।

खाद्यान्न र रकम पाउनेहरुमा मंगलाल लामा,कान्छि तामाङ,बिस्णु कुमार लामा,रमेश थापा,सर्मिला तिमल्सिना,मनोज लामा,चन्द्र तामाङ,प्रदिप परियार,निर्मल सापकोटा,सोभा श्रेष्ठ ,पदम परियार ,परेन्द्र परियार(भुगोले),कृष्ण माया तामाङ ,कुमार तामाङ ,गोबिन्द ठकुरि,सङ्कर तामाङ ,पदम तामाङ ,बिबेक सैजु,गोपाल सैजु,दुर्गा केसि खत्री ,बिरबहादुर स्याङ्तान,राजकुमार लामा,सरोज साह रहेका छन्।उक्त राहत पाउँदा कृष्णमाया बताउनु हुन्छ : दसैं राम्रो संग मनाउन पाउँदा निकै खुसी भइ आयोजक श्रेष्ठ र समाजसेबी हुमागाईलाइ धन्यवाद दिनु भएको छ ।त्यसै गरि अर्का वृद्ध बिरबहादुर बताउनु हुन्छ:पनौतीमा यौटा पत्रकार केटोलाई नाम लेखाको थियो पहिलेनै हात मुख जोर्न गारो पर्यो भनी तर आज दसैको मुखमा पैसा पनि पाइयो र लोकल तलेजु चामल पनि पाउँदा ज्यादै खुसी प्रकट गरे।अर्का वृद्ध गोबिन्द ठकुरि बताउँछन् : स्वार्थीहरुको भिडमा निस्वार्थ दसै मनाइदिने भने तर पत्याइन तर अहिले लोकल चामल र पैसा पाउँदा दङ्ग परेको छु।

तपाईको प्रतिक्रिया

नैतिक व्यावहारिक तथा व्यवसायी शिक्षा प्रदान गर्दै बेलर| गुणस्तरीय शिक्षाका लागि बेलर हेर्नुस् भिडियो