काभ्रेपलान्चोक – विगत लामो समयदेखि समाजसेवीमा सक्रिय राजन थापा एक कुशल सञ्चारकर्मी पनि हुन । उनि नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको पाँचौ अधिवेशन बाट महासचिव पदमा नियुक्ति भएका छन । आज एक कार्यक्रमका बीच नेपालको राजधानी काठमाण्डौमा सम्पन्न भएको थियो । कोरोनाको कहरका विचमा पनि भौतिक दुरी कायम गर्दै आयोजना गरिएको कार्यक्रममा संगठनको लागि नयाँ पदाधिकारी चयन गरिएको छ । निर्वाचन अधिकृत तथा संचारकर्मी डब्बु क्षेत्रीको रोहवरमा निर्वाचन सम्पन्न गरिएको छ । पाँचौ महाधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गरेको छ ।

जसमा अध्यक्ष खगेन्द्र प्याकुरेल, बरिष्ठ उपाध्यक्ष ऋषिराज आचार्य, महिला उपाध्यक्ष सरिता भारती, संगठन उपाध्यक्ष दयाराम घिमिरे, कार्यक्रम उपाध्यक्ष सुवास बुढाथोकी, महासचिव राजन थापा, सचिव प्रदिप वास्तोला, सह–सचिव, सुरेश कुमार राउत, कोषाध्यक्ष कमला कुमारी जोशी, सह–कोषध्यक्ष प्रवण भुषाल र केन्द्रिय सदस्य तथा प्रवक्ता कल्याण अधिकारी केन्द्रिय सदस्य डेविल सिंह राजपुत, तुलसा कटुवाल, साक्षी लम्साल, सुष्मा देवकोटा, गोपाल ढकाल, प्रेम पाण्डे, केन्द्रिय सदस्य कृष्ण भट्टराई निर्वाचित भएका छन् ।

उक्त समारोहमा बरिष्ठ चलचित्र निर्देशक मोहन निरौला र वरिष्ठ संचारकर्मी शान्तिप्रिय लाई संगठनले मानार्थ सदस्यता प्रदान गरेको थियो । कार्यक्रममा संगठनका मानार्थ सदस्य चलचित्र निर्देशक माधव राज खरेल, सल्लाहकार अभिनेता श्रीदेव भट्टराई लगायतको सहभागीता रहेको थियो भने कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रगानका रचनाकार व्याकुल माईला रहेका थिए ।

संगठनले नयाँ नेतृत्व पाए संगै नेपाली चलचित्र एवं श्रव्यदृश्य संग आवद्ध रहेका कलाकार, प्राविधिक एवं श्रमिकहरुको हितमा आफुहरुले काम गर्ने संगठनका अध्यक्ष खगेन्द्र प्याकुरेलले बताए । नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन स्वतन्त्र ट्रेडयूनिनयन महासंघ नेपालमा आवद्ध रहेको राष्ट्रिय संगठन हो ।

 

 

 

 

 

 

उनी केही दिन राजन थापा “नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन”को महासचिव जस्तो गरिमामय पदमा नियुक्ति हुनु भएको छ। आफ्नो समाजसेवी कार्य लाई अझ प्रभावकारी बनाउन र सस्था मा रहेर कलाकार लगायत सबैलाई क्रियाशील बनाउन लागि पर्ने राजन थापा बताउँछन्।

समाजसेवी बाट आफ्नो अझ धेरै जिम्मेवारी थपिएको र झन समाजसेवी कार्यमा बाढि क्रियाशील हुने बताए उक्त सस्थाको पाँचौं अधिबेशनमा कार्यक्रमको अवसर परेर सस्थाले थापा लाई कार्यकालको शुभकामना सहित बधाई दिदै सम्मान स्वरुप प्रमाण पत्र हस्तान्तरण गरेको छ

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..