काभ्रेपलान्चोक – नेपाल विद्यार्थी संघ काभ्रेले ५४ औं स्थापना दिवसको उपलक्ष्यमा बनेपामा रहेको बौद्ध बृद्ध आश्रमलाई खाद्यान्न तथा अत्यावश्यक सामाग्री वितरण गरिएको छ ।

आज एक कार्यक्रमको बिच बनेपामा रहेको बौद्ध बृद्ध आश्रमलाई चामल ५ बोरा, अन्डा १ बाक्स, चिनी १० केजि, दाल १० केजि, चियापती १ प्याकेट, जुस, मस्यौरा १० प्याकेट, झुल ९ वटा, नुन ५ प्याकेट, आटा, बिस्कुट, तेल १ बाकस लगायत अन्य खाद्यान्न सामाग्रीहरु वितरण गरिएको नेपाल विद्यार्थी संघ काभ्रेका अध्यक्ष नृपेश वादेले जानकारी दिए ।

उक्त कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य गणेश लामाले टीका लगायर आएको सभापति मान्ने नहुने र एक आपसमा नमिल्नुको विकल्प केही नभएको बताएका छन् ।

उता कार्यक्रममा पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले आर्थिक लेन्देन र अधिबेशन नै नगरी टीका लगायको सभापति मान्ने हुने छैन भन्दै आधिकारिक सभापति नृपेश वादे नै रहेको बताएका छन् । 

नेपाली विद्यार्थी संघ काभ्रेले ४९ औं स्थापन देखि ५४ औं स्थापना दिवससम्म हर वर्ष यसरी नै खाद्यान्न सहयोग गरेर स्थापन दिवस मनाउने गरेको छ । नेविसंघ काभ्रे अध्यक्ष नृपेश बादेले नेविसंघले विद्यार्थीहरुको हकहितसँगै सामाजिक सेवाका लागि पनि सक्रिय रुपमा लाग्दै आएको भन्दै आगामी दिनमा पनि मानवीय सेवाको कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।अबको नेबिसंघले सडक तताउने होइन, देशभरका स्कुल र कलेजका विद्यार्थीको दिमाग भर्ने गरी वैचारिक अभियान थाल्नुको साथै विद्यार्थी संगठनको नेतृत्व भनेको प्राज्ञिक क्षेत्रको पनि नेतृत्व रहेको बताए ।

कार्यक्रममा बनेपा नगरपालिका नगर प्रमुख शान्ति रत्न शाक्य, नेपाली कांग्रेस बनेपा उप-सभापति निलम श्रेष्ठ, सचिब यश कुमार रंजित, मछिन्द्र लामा, बनेपा नगरपालिकाको वडा नं. ७ र ८ को वडा अध्यक्ष लगायत अन्य नेपाली कांग्रेसको जिल्ला स्तरीय नेताहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..