काभ्रेपलान्चोक – बनेपा सहरमा एल एंड एन मोडेल एजेंसीले भर्खरै आफ्नो अर्को कार्यक्रम “काभ्रे फेस्ट -सिजन २” भव्यताका का साथ् सम्पन्न गरेको छ। उक्त कार्यकम असोजको ९ गते बनेपाको अरनिको पार्टी भेनुमा पनौती नगरपालिकाका नगर प्रमुख भिम न्योपानेको प्रमुख उपस्थितिमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा विशेष अतिथि युवा नेता तथा समाजसेवि रत्न कुश रंन्जित रहेका थिए ।

कार्यक्रममा बोल्दै पनौती नगर प्रमुख भिम न्यौपानेले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । उता युवा नेता तथा समाजसेवि रत्न कुश रंन्जितले काभ्रेमा कुनै पनि युवा लक्षित कार्यक्रम भएमा आफुले सकेको सहयोग गर्ने बताएका छन । पछिल्लो समयमा युवा पुस्ताहरु पछि परेको कुरा उल्लेख गर्दै युवायुवतीहरु जुनसुकै क्षेत्रमा पनि अगाडि बढन अनुरोध गरेका थिए । युवाहरुले नै देशको समग्र बिकास गर्ने भएकाले सक्षम युवाहरु अगाडि बढेको उनले बताए ।

काभ्रे फेस्ट -सिजन २” को उपाधि मिस सुजाता तिमल्सिना र प्रेरणा तामांगले हासिल गरेका छन् भने आचल अधिकारी (प्रथम),सेलिना श्रेष्ठ (दोस्रो ) र अनुभव श्रेष्ठ (तेस्रो ) भएका छन् । अन्य सबैले विभिन्न विधामा उपाधि हासिल गरेका छन्।

यस कार्यक्रमका अन्य अथितिहरुमा सौन्दर्य कलाकर्मी रुश्का बैद्य ,तुलिप होमका संचालक मायाँक राज्गदिया , राष्ट्रिय मोडलिङ् संघका अध्यक्ष दिनेश शाही ,गायक सुनिल कटुवाल ,गायिका श्रद्धा प्रसाई , गायिका प्रशना पाण्डे , प्रकाश बोलखेको उपस्थिति रहेको थियो । काभ्रे फेस्ट युवा -युवतीमा लक्षित रही गरिने मोडल पर्सनालिटीको प्रतिस्पर्धा हो । बिबाहित -अबिबाहित ,महिला -पुरुष दुवैले गरि अन्तिममा १६ जनाले र्याम्प वालक गरेका छन्। उक्त कार्यक्रमको प्रमुख प्रायोजक गोर्खा ब्रेवेरी (टुबोर्ग) ,सह प्रायोजक भीनि नेपाल (फोग्ग ) ,तुलिप होमे अपलाइन्सेस , रोयल्स त्याग (विसकि ), मेटस वाइन,नेबिको बिस्कुस्ट्स नेपाल ,सिल्क हेयर , रोयल लाउन्ज & बार र प्राइम नुडल्स & फुड्स (म्यारोन ) रहेको थियो ।

बिगत २ वर्ष देखि रोकिएर रहेको “काभ्रे फेस्ट -सिजन २”अन्तिम चरण काभ्रेको बनेपामा बिभिन्न संघ संस्थाका पदाधिकारीहरुको संग्लनतामा र स्थानीय संघ संस्थाहरु को सहकार्यतामा शनिबारको दिन Covid -19 स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड को पालना गरि सम्पन्न गरिएको छ।

उक्त कार्यक्रम सचालन अनुष्का नेपालले गरेको एल एंड एन मोडेल एजेंसीका कार्यकरी निर्देशक नितिन कायस्थले जानकारी दिनु भयो। कार्यक्रम आयोजक कमिटिमा सुशील सैंजु र शिशिर पाण्डे रहेका थिए ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….