बनेपा – प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवस प्रेस चौतारी काभ्रेले भव्य रुपमा मनाएको छ । प्रेस चौतारी काभ्रे शाखाले धनेश्वर मन्दिर परिसरमा व्यापक सरसफाई गरि मनाएको हो । प्रेस चौतारी नेपाल काभ्रे शाखा अध्यक्ष भुवन रायमाझीको संयोजकत्वमा सरसफाई गरिएको हो ।

वृहत सरसफाई कार्यक्रममा नेकपा एमाले काभ्रेका सचिव राजन भुर्तेल, सह-सचिव राजकुमार सापकोटा, प्रेस चौतारी काभ्रेका सल्लाहकारहरू पत्रकाहरू मोतिराम तिमल्सिना, दयाराम महत, नवराज बजगाईं, प्रेस चौतारी काभ्रेका उपाध्यक्ष रामसुन्दर आचार्य, सचिव जगतमान बल, समाजवादी प्रेस संगठन काभ्रेका अध्यक्ष सन्तोष चौलागाईं लगायत प्रेस चौतारी काभ्रेका शुभेच्छुक, सदस्यहरूले उत्साहजनक उपस्थिति रहेको थियो ।

सरससफाई कार्यक्रम पश्चात टोलीले धनेश्वर मन्दिरमा द्वीप प्रज्वलन समेत गरेको छ । कार्यक्रमकै शिलशिलामा प्रेस चौतारी नेपाल २५ औँ स्थापना दिवस लेखिएको केक काटेर उत्सव समेत मनाएको थियो । प्रेस चौतारी नेपालले स्थापना दिवसको अवसरमा देशैभरि विभिन्न शाखामार्फत सकारात्मक सन्देश प्रवाह गर्ने कार्यक्रम आयोजना गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..