सञ्चारकर्मी एवम् पत्रकार सन्तोष प्रसाद तिवारीले बढ्दो ट्राफिकीङ, अव्यवस्थित सहरीकरण र उच्च जनघनत्वलाई न्युनिकरण गर्न मिल्ने किसिमकाे सुझाव र विकल्प सहितको नाै वटा बुँदाहरु काठमाडौँ महानगर पालिकालाई बुझाएका छन्। सुझाव पत्र २०८० असार २२ गते बुझाएका थिए भने, अहिले पुर्ण उक्त सुझाव र विकल्प सहितको पत्रलाई स्मरण गराउँदै महानगरपालिकालाई ध्यानाकर्षण गराएका हुन्। नौ वटा बुँदा सहितको सुझाव पत्रको मुल भुत सार यस्तो छ —
काठमाडौँ

महानगरपालिकालाई सुझाव।

१.स्वास्थ्य, शिक्षाको निजीकरण पुर्ण रुपमा बन्द गरी स्थानीयकरण गर्नुपर्ने।

२. देशैभर यातायात व्यवस्था अझै कठिन छ,अझ बढि कठिन त काठमाडौँ उपत्यकामा रहेको देखिन्छ । यात्रा गर्दा झुण्डिएर र भित्र दुई लाइन उभिएर खादिएर यात्रा गर्दै आउनु पर्ने बाध्यता छ , गाडी भाडा दर पनि महँगो छ, यात्रीहरूको सुरक्षा र सहजताको लागि अनुगमन गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गरियोस्। देशमा उत्पादित वस्तु एक कुनाबाट अर्को कुनामा सहजै ढुवानी गर्न सकियोस्।

३.भुमिकाे स्वामित्व पुर्ण रुपमा स्थानिय निकाय नियन्त्रित गरीनुपर्छ । नागरिकलाई लिजमा दिने व्यवस्था गर्नु पर्छ। खाेला, खहरे, नदी किनारामा मिसाईएकाे ढल पुर्ण रुपमा बन्द गराई, आवश्यक कार्बाही अगाडि बढाउनु पर्ने। सार्वजनिक जग्गा, सम्पत्ति लगायत भाैतिक तथा अभाैतिक वस्तुको पुर्ण रुपमा कडाईका साथ संरक्षण गरिनुपर्ने।

४.पर्यटकीय क्षेत्रको विकास गरी वैज्ञानिक तवरले आन्तरिक र बाह्य पर्यटकमा वर्गीकरण गरी उपत्यकालाई मन्दिरै मन्दिर र एतिहासिक शहरकाे रुपमा चिनिएकोले वास्तविक शहरको नामले चिनाउन बनिसकेका संरचना वा अब बन्ने संरचनालाई हरेक नागरिकले पेगाैडा शैली, शिखर शैली र स्तुपा शैली मध्ये एक शैलीमा बनाईएको संरचनाकाे टप भागमा एतिहासिक झल्काउने संरचना अनिवार्य गरिनु पर्ने नियम बसाल्ने।

५.स्थानीय सरकारकाे  बजेट नितिमा उत्पादन मुखी र नाफा मुखि व्यवसायमा बढी ध्यान दिनु पर्छ। केन्द्रीय सरकारसँग नगरकाे आम्दानी र प्रगति प्रतिवेदन अनुसारको बजेट विनियोजन गर्न लगाउने। स्थानीय सरकारलाई ऋण र अनुदानकाे व्यवस्था मिलाउन माग गर्ने।

६.बेरोजगार, किसान, मजदुरलाई विशेष प्राथमिकतामा राख्दै निशर्त उत्पादन मुखी बनाई बालबालिका, विद्यार्थी,महिला, जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा र राज्यले दिन पर्ने सबै सुविधा दिलाउन सहजिकरण गर्नुपर्ने।

७.सार्वजनिक गाडी भाडा सस्तो गरी, देशैभर ईलेक्ट्रिक सवारी साधनमा व्यापक प्रयोग र देशैभर ईन्टरनेट सेवालाई सस्तो र सुलभ बनाई मेसिनरी र ईलेक्ट्रिक सामानमा करकाे दररेट कम गरी यि वस्तुमा स्थानीय तह नियन्त्रित हुनुपर्ने।

८.काठमाण्डु उपत्यका लगायत देशका मुख्य शहर एवम् जनघनत्व भएको ठाउँमा सडक जाम, भिडभाड, सडक विस्तार लगायत व्यवस्थित शहरीकरणको लागि-गरिनु पर्ने प्रयासहरू —
– नागरिककाे घर टहरा र जमिन लिएर वा भत्काएर वर्तमान सडक समस्या हल नहुने हुँदा, सवारी साधनका एड्भान्स टेक्नोलोजी प्रयोगमा ल्याउन पर्ने। जस्तै मिनि हेलिकप्टर,मिनि फ्लाई बस, (स्काई स्टेशन लिफ्ट प्रयोग गर्न सकिन्छ)इतिसि।
– सडकलाई चार भागमा विभाजन गर्न पर्ने -: वर्गीकरण सहित-
१.बाहिरी सडक
२.मध्ये भित्रि सडक
३.मध्ये भित्रि साँघुरो सडक र
४.साँघुरो भित्रि सडक।
माथि उल्लेखित बुँदा अनुसार-
(१.ठुला ट्रक, सार्वजनिक भाडाका गाडी, हेभी सवारी साधन), (२.उपत्यकाका रुटका सार्वजनिक सवारी साधन,मिनिबस,बस, माईक्रो बस),
(३. ट्याक्सी,निलाे माईक्रो, हलुका चार पाङ्ग्रे सवारी साधन,दुई/तिन पाङ्ग्रे सवारी साधन,)
(४.रिक्सा,घाेडा, दुई पाङ्ग्रे सवारी साधन,) ईतिसि।
– व्यापार गर्न ३/४ न सडक प्रयोग गर्ने ।

९.अनावश्यक सरकारी कर्मचारी भर्ती,करार नियुक्ति लगायत भ्रष्टाचार नियन्त्रण गर्न भनी अनावश्यक रूपमा कर्मचारीलाई सेवा, सुविधा,भत्ता दिईन्छ त्यो राेकियाेस् र तलब वृद्धि पनि नगरियाेस् यसको सत्ता सबै नागरिकलाई हुने गरी महंगी, मुल्य नियन्त्रण लगायत नागरिककाे माैलिक हक अन्तर्गतका अनिवार्य र आधारभुत आवश्यकताका सुबिधारू सर्वसुलभ र फास्टट्रयाकमा उपलब्ध गराईयाेस्। साथै कर्मचारीलाई सेवा, सुविधा, भत्ता र तलब वृद्धि गर्दैमा भ्रष्टाचार नियन्त्रण हुन्छ भन्ने गलत भ्रम नछरियाेस्। सरकारलाई याे विषयमा ध्यानाकर्षण गराईयाेस्। धन्यवाद।
सही जवाफ पत्रिका
शंखरापुर नगरपालिका ४ काठमाडौँ।
सञ्चारकर्मी
सन्तोष प्रसाद तिवारी

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..