हुने खानेहरुलाई दशैँ निकै हर्ष उल्लासमय हुने नै भयो तर हुँदा खानेहरुका लागि दशैँ दशा बनेर आउँदा,  विभिन्न गीत संगीतले त्यो अनुभूतिलाई बिर्साउने गर्दछ । माथि उल्लेखित गीतले पनि आम श्रमजीबी वर्गहरुलाई मलमको रुपमा काम गर्ने छ भन्ने कुरामा बिस्वाश गर्न सकिन्छ ।

अशिम कुमार कटुवाल र सरिता श्रेष्ठको सुमधुर स्वर द्वारा सुसजित गीतलाई लय अशिम कुमार तयार पारेका हुन् भने शब्द अहिलेका लोकप्रिय सर्जक शम्भु नेपाल र थेगो तोरण बस्नेतले भरेका छन् । यस गीतको म्युजिक भिडियो निकै घत लाग्दो बनेको छ । भिडियोमा रश्मि भट्ट, मनोज कार्की, नमुना दाहाल र सुर्य श्रेष्ठको मन लोभ्याउने अभिनय सजिएको छ ।

भिडियोलाई निर्देशन प्रकाश तामाङ्ग राज ले गरेका हुन् भने छायांकन मरुभूमि नारायण र सम्पादन संगीत बानियाँले गरेका छन् । “ए आमा” बोलको दशैँ गीतको म्युजिक भिडियो लाई अशिम कुमार कटुवाल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।  https://m.youtube.com/watch?v=axOipxUOtrQ&feature=youtu.be

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..