५ महिनाको OJT सहितको बारिष्टा तालिम सम्पन्न, सहभागीलाई प्रमाणपत्र वितरण

धुलिखेल नगरपालिका, चांगुनारायण फाउन्डेसन तथा ओरेन्टल हस्पिटालिटीको सहकार्यमा धुलिखेलमा सञ्चालन गरिएको ५ महिना लामो OJT (On-the-Job Training) सहितको बारिष्टा तालिमको समापन कार्यक्रम सम्पन्न भएको छ।

ओरेन्टल हस्पिटालिटि एण्ड टुरिजम ट्रेनिङ सेन्टर को संचालक यामा ढकालको सभापतित्वमा ,धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
चांगुनारायण फाउन्डेसनका अध्यक्ष मणिराज खत्रि ,धुलिखेल नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विदुर गौतम ,चांगुनारायण फाउन्डेसनका एम डि सरोज न्यौपाने ,प्रशिक्षकहरू राजकुमार सापकोटा र मन्जिल मानन्धर लगाएको उपस्थिति रहेको थियो ।

बिज्ञापन

 

उक्त कार्यक्रम धुलिखेल नगरपालिकाको कार्यालयमा औपचारिक रूपमा आयोजना गरिएको थियो।
तालिमले युवायुवतीहरूलाई कफी बनाउने आधुनिक सीप, क्याफे व्यवस्थापन, पाहुना स्वागत तथा व्यावसायिक आचरणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरेको आयोजकले जनाएको छ। तालिम अवधिभर सहभागीहरूले सैद्धान्तिक कक्षासँगै OJT मार्फत प्रत्यक्ष कार्यस्थलमा अनुभव हासिल गर्न काभ्रेको विभिन्न होटलहरू र काठमाडौंमा समेत अवसर पाएका थिए।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि अशोक कुमार व्याञ्जुले यस्ता सीपमूलक तालिमहरूले स्थानीय युवालाई आत्मनिर्भर बनाउँदै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुग्ने बताएका थिए साथै धुलिखेल नगरपालिकाले हाल सम्म दुई हजार भन्दा वढि लाई सिपमुलक तालिम प्रदान गरिएको जानकारी गराए। कार्यक्रममा तालिम सफलतापूर्वक पूरा गर्ने सहभागीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो।