संघिय संसदमा स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका संचारकर्मी, कलाकार तथा समाजसेवी सुर्य चन्द नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व मन्त्रि गगन थापा र नेकपा एमालेका नेता राजन भट्टराई संग चुनाब लड्ने तयारीमा जुटेका छन्। त्यसै अनुरुप चन्द अहिले काठमाडौं क्षेत्र नं ४ का मतदाताहरु संग भेटघाट, छलफल र आफ्नो पक्षमा चुनाबी माहोल तयार पार्न ब्यस्त छन्।

विकृति, विसंगति, भ्रष्टाचार तथा राजनीतिक समस्या देख्दा युवाहरू निरास भएका छन्। युवाहरु अबसरको खोजिमा छन्, रोजगारीको अवसरका लागि भौतारिरहेका छन् त्यसैले पनि हामि जस्ता सचेत युवाले राजनीति बिकृति र विसंगति बिरुद्द बुलन्द आवाज उठाउदैं आगामी हुन गईरहेको संघीय सांसदमा चुनाब लड्नु पर्ने बाध्यता रहेको चन्द बताउछन। मुलभूत रुपमा एकजना उम्मेदवारले बर्षौ सम्म एउटै क्षेत्रमा चुनाब जित्दै आए पनि यस क्षेत्रका मतदाताले खासै केहि परिबर्तन देख्न पाएनन्, जनताले बिकाशका आधारहरु देख्न पाएनन् भने क्षेत्र न। ४ का जनताले नेता पाए तर बिकशमुखि र जनताको भावना अनुरुपको असल नेता पाउन सकेनन तसर्थ पनि यसपालीको चुनाबमा परिबर्तनको लागि उम्मेद्वारी दिनु पर्ने बाध्यता रहेको युवा नेता सुर्य चन्द बताउछन्।

ठुला दलका नेताहरु संग अहिले पनि भ्रम छ, हामि नेताहरु अझै पनि मिठा मिठा भाषणद्वारा जनतालाइ अन्धकारमा राख्न सक्छौ भन्ने गलत सोचमा रुमल्लिरहेका छन्। तर स्थानिय चुनाबले मतदाता, जनता परिबर्तन चाहन्छन भन्ने प्रमाणित भैसकेको अबस्थामा गगन थापा र राजन भट्टराईलाइ सुर्य चन्दको चुनौती थपिएको छ। युवा नेता सुर्य चन्दले आफ्नो उम्मेदवारीलाई कम आंकलनमा नलिन अन्य उम्मेदवारहरुलाई चेतावनी समेत दिएका छन्।

ठुला दलका भनिने नेताहरु भाषणबाजी र ठुला गफमा ब्यस्त भए जनताहरुलाई अन्धकारमा राख्न मिडियामुखी र प्रचारमा मात्र ब्यस्त भए, आफुले कसरि ठुलो पद धारण गर्ने सोचमा मात्र ब्यस्त भएर आफ्नो क्षेत्रको समस्या,जनताको दुख बुझ्न सकेनन त्यसैले युवाहरु राजनीतिमा आउन बाध्य भएको चन्दको ठम्याइ छ। जब चुनाब आउछ अनि बिकाश निर्माणको कुरा आउछ, शिक्षा, स्वास्थ्य, रोजागरी र आर्थिक सम्वृद्धिको कुरा आउछन, बर्षौ देखि डुबानमा परेको कपन क्षेत्रको समस्या चुनाबको मुखमा मात्र उठ्छ किनरु प्रश्न आफैमा प्रश्न चिन्हको रुपमा खडा भएको छ।

मुलुक रुपान्त्रणको लागि प्रमुख तीन एजेण्डा आबश्यक पर्छ। जसमा शिक्षा, स्वास्थ्य र आर्थिक सम्वृद्धिहरु नै तर यसलाई कसरि इम्प्लिमेण्ट गर्ने भन्ने गहन बिषय हो। गरिव र विपन्नका छोराछोरीले पढ्न पाउने सर्वसुलभ निःशुल्क गुणस्तरीय शिक्षा, निःशुल्क उपचार आफ्नो प्राथमिकतामा पर्दछन। ‘शिक्षा र स्वास्थ्य निःशुल्क दिनु राज्यको दायित्व हो तर भ्रष्टाचारि भएको मुलुकमा स्वतन्त्रा धेरै दिन टिक्दैन भने जस्तै हाम्रो पहिचाननै गुम्ने स्थितिमा मुलुकलाइ अहिलेका राजनीतिक दलहरुले पुर्याउन लागेको हुंदा पनि उनको उम्मेद्वारी सहि रहेको सुर्य चन्द बताउछन्। चन्दले स्वदेशमा उद्योगधन्दा सञ्चालन गरी रोजगारी सृजना गरेर विदेशिएका युवालाई स्वदेशमै रोजगारी दिएर आर्थिक सम्वृद्धिको ढोका खोल्ने बताए।

नेपालमा कार्यपालिका देखि न्यायपालिका सम्म बिश्वास गुमाउदै गएको अबस्थामा समाजमा बढ्दो विकृति(विसंगति, भ्रष्टाचारविरुद्ध बोल्न मलाई कुनै डर छैन उनले भने,ु। मुलुकका हरेक ठाउँमा बिकृति र विसंगतिहरु मौलाएका छन्, सडक देखि सदन सम्म भ्रष्टाचारको जालो फैलिएको छ। जनताहरुमा जनचेतनाको कमि छ। क्षणीक फाइदा, केहि आर्थिक प्रलोभन र सामान्य खानेकुरामा बिक्ने नेपाली समाज जहिले सम्म रहन्छ तब सम्म हाम्रो मुलुक न राम्रो नेता पाउँछ न बिकशित मुलुकको खाका तयार पार्न सक्छ त्यसैले सर्बप्रथम हामीले मतदाताहरुको चेतना स्तरमा बृदी ल्याउनु पर्ने उनको ठम्याइ छ।

चन्द भन्छन मेरो उम्मेदवारी राजनीतिमा देखिएको फोहोर सफा गर्नका लागि हो । मेरो उम्मेदवारी निष्ठाको उम्मेदवारी हो । देश विकास गर्न पहिला राजनीतिमा बढेको फोहोरी खेलको सफाइ गर्नुपर्छ । त्यसपछि विकासका काम अघि बढ्नेछ । मेरो उम्मेदवारी त्यही राजनीति सफाइ गर्न कुचो बोकेर आएको कुचीकारका रूपमा बुझ्नुस् । म पहिला राजनीति सफाइ गर्छु, अनि विकास ।

लामो समय देखि रंगपत्रकरितामा आबद्ध रहेर कलाकारिता समेत गर्दै आएका सुर्य चन्द समाजसेवाम अग्रणी भूमिका निर्बाह गर्दै आएका व्यक्तित्व हुन्। महा(भुकम्पको समय होस् अथवा कोभिडको समयमा होस् आफ्नो जिबनलाइ मृत्युको मुखमा राखेर जनताको सेवामा खटिएका चन्द बिगत लामो समय देखि आफुलाई समाजसेवामा समर्पण गरेर अनाथ असाहय, दुखि पिडितलाइ सहयोग गर्दै आएका व्यक्तित्व हुन्। २०५५ देखि राजनीतिमा सक्रिय सुर्य चन्द, राजनीतिक दलको बिकृति र बितृष्णाले गर्दा स्वतन्त्र उम्मेद्वारी दिने तयारिमा जुटेको बताउछन्।

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.