बनेपा नगरपालिका वडा नम्बर ८ ले महिला लक्षित विभिन्न कार्यक्रमहरु आयोजना गर्ने क्रममा मंसिर ९ देखि संचालन गरेको सिपमुलक तथा आय -आर्जन तालिम अन्तर्गत अचार बनाउने तालिम सम्पन्न गरेको छ।

सामुदायिक उत्थान मंच[सिफ] नेपाल ,काभ्रेको प्राविधिक सहयोग एवं बनेपा नगरपालिका वडा नम्बर ८ को आर्थिक सहयोगमा सम्पन्न ४ दिने तालिममा २१ जना गृहिणी महिलाहरुको सहभागिता रहेको थियो। मंसिर ९ गते बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले समुद्धघाटन गरेको तालिमको मंसिर १४ गते समापन वडा नम्बर ८ कि अध्यक्ष शुभलक्ष्मी मानन्धरले गरेकी थिईन। सामुदायिक उत्थान मंच[सिफ] नेपालका अध्यक्ष राजकुमार देउजाको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा वडा सदस्यहरु युगेश्वोर कायस्थ ,कमलसोभा मानन्धरको समेत उपस्थिति रहेको थियो।

तालिममा सहभागी गृहिणी महिलाहरुलाई प्रमाण पत्र वितरण गर्दै वडा अध्यक्ष शुभलक्ष्मी मानन्धरले तालिममा सिकेका कुराबाट आयआर्जनको काम गर्न सुझाव दिएकी थिईन।वडा सदस्य कमलसोभा मानन्धरले आजै बाट आफुले सिकेको सिपको सदुपयोग गर्दै काम गर्न र बनेपामा संचालित हाट बजार मार्फत बिक्रि वितरण गर्न समेत सुझाव दिएकी थिईन। अर्का वडा सदस्य युगेश्वोर कायस्थले भने वडा सदैब वडावासीको साथमै रहेकाले के के आवश्यक छ जानकारी गराएमा भरसम्भव ती आवश्यकतामा काम गर्ने बताएका थिए। तालिम बिमला नयाजु श्रेष्ठले दिएकी थिईन।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly