काभ्रेपलान्चोक – धुलिखेल क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्धार्थी युनियन धुलिखेल नगर कमिटीको चौथो नगरसभा सम्पन्न भएको छ । नेकपा एमाले काभ्रे जिल्ला कमिटि अध्यक्ष तथा धुलिखेल नगर प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठज्युको प्रमुख आथिथ्यता तथा अनेरास्ववियु केन्द्रिय कोषाध्यक्ष जेनिस लामा ज्युको बिशेष आथिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ | यससँगै धुलिखेल नगर कमिटीले नयाँ पदाधिकारी पाएको छ । आज भएको सम्मेलनले प्रभुराम धितालको नेतृत्वमा २५ सदस्य कमिटी गठन गरेको हो । कमिटीमा अध्यक्ष धितालसँगै, वरिष्ठ उपाध्यक्ष सुनिल हुमागाईं, उपाध्यक्षहरुमा आशिष न्यौपाने, दिव्या धिताल, सरिता दनुवार, सचिव सुबोध धिमाल, सहसचिव भुपाल नापित, आष्मा सुवाल, सुजन कोइराला, कोषाध्यक्ष रोजिना श्रेष्ठ लगायतका सदस्यहरु गठन गरिएको नयाँ कमिटीका सचिव सुबोध धिमालले जानकारी दिनु भयो ।
कार्यक्रम नेकपा एमाले काभ्रेका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक कुमार व्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । व्याञ्जुले विद्यार्थीलाई शिक्षा, सीप र उद्यमशीलताको यात्रामा लैजानुपर्ने बताए । पढेलेखेको मान्छे राष्ट्रप्रति जिम्मेवार भएन भने केवल व्यावसायिक व्यक्ति मात्रै रहन्छ । उसले आफ्नो घरपरिवार मात्रै चलाउन सक्ने क्षमता राख्दछ । यसर्थ एक सचेत विद्यार्थीमा राजनैतिक चेत हुनुपर्नेमा जोड दिए । तर विद्यार्थीले राजनैतिक सहभागिता कसरी लिने ? भन्ने विषयवस्तु महत्वपूर्ण हुने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै धुलिखेल नगरप्रमुख व्याञ्जुले अनेरास्ववियुले विद्यार्थीको सामाजिक राजनैतिक दायित्वलाइ पूरा गराउनुपर्नेमा जोड दिए । विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्यो कि गरेन भन्ने भन्ने कुरामा विषयगत रुपमा छलफल गर्नुपर्ने बताए ।