माेहन गजुरेल,  काभ्रेपलान्चोक – हेाटल एभरेस्ट काे गेटमै स्वास्थ्य कर्मि राखेर आरडिटि एण्टिजेन्ट विधि द्वारा पिसिआर परिक्षण गर्दै हलभित्र प्रवेश गराईएकाे थियाे ।सम्पूर्ण सहभागिकाे रिपोर्ट नेगेटिभ आएकाे थियाे।
वागमति एरियाकाे विभिन्न क्लवका अध्यक्षहरूकाे लागि आयाेजना गरियकाे कार्यक्रममा १३८ जनाले सहभागिता जनाउनु भएकाे थियाे।
लायाेन लिडर डिस्ट्रिक गभर्नर लायन विशेश्वर आचार्यकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा पुर्व अन्तर्राष्ट्रिय डाईरेक्टर लायन संजय खेतान,विभिन्न देशका लागि पुर्व राजदुत महेश ढकाल,राजन लम्साल,वालकृष्ण वुर्लाकाेटि,ईन्दु लम्साल लगायतका लायन्सहरूले सफलताका सुत्र,नेतृत्व विकास,सकारात्मक साेच,जिवनमा परिवर्तनका वारेमा सहभागी क्लवका अध्यक्षहरू लाई प्रशिक्षण दिनु भएकाे थियाे।
वर्ष २०२१/२२ का डिस्ट्रिक गभर्नर लायन विशेश्वर आचार्यले लिएकाे १४ वटा जिल्लाका “लायन्स माेडल भिलेज” काे स्थापना गरि न्यून आयस्तर भएका समुदायहरूमा परियाेजना संचाल गर्दै जिवनलाई खुसि वनाउंदै अगाडि वढ्न सुझाव दिनु भयाे ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly