एमालेले घोषणा गरेको नेशनल भोलेन्टियर्स फोर्समा सविता बस्नेत मुख्य सदस्य

 

काठमाडौँ — नेकपा (एमाले)की युवा नेतृ सविता बस्नेत नेशनल भोलेन्टियर्स फोर्सकी मुख्य सदस्यका रूपमा चयन भएकी छन्। पार्टीले हिजो सार्वजनिक गरेको संरचनामा बस्नेतलाई प्रमुख भूमिकासहित जिम्मेवारी तोकिएको हो।

बिज्ञापन

संगठन विस्तार र जनसम्पर्कका गतिविधिमा सक्रिय रहँदै आएकी बस्नेत पार्टीभित्र उत्साही र प्रतिबद्ध युवा नेतृका रूपमा परिचित छिन्। उनी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो राजनीतिक आदर्श मान्दै नीतिगत कार्यहरूमा समेत संलग्न रहिएकी छिन्।

हालका दिनमा उनी सामाजिक सञ्जालमार्फत पार्टीका कार्यक्रम तथा आफ्ना गतिविधि सार्वजनिक गर्दै आएकी छन्, जसले सर्वसाधारण तथा समर्थक युवाहरूको ध्यान आकर्षित गरेको छ। बस्नेतको राजनीतिक सक्रियता र नेतृत्व भूमिकाप्रति फ्यान तथा कार्यकर्ताहरूले सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै आएका छन्।