बनेपामा नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण अभियानबारे अभिमुखीकरण सम्पन्न

बनेपा, काभ्रे। नेपाली कांग्रेस बनेपा नगरपालिकामा नयाँ क्रियाशील सदस्यता वितरण अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले अभिमुखीकरण बैठक सम्पन्न भएको छ।

बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा काभ्रे जिल्लाका लागि केन्द्रीय प्रतिनिधि शिव सुनार प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी नेपाली कांग्रेस काभ्रेका सहसचिव तथा बनेपा नगरपालिकाका जिल्ला प्रतिनिधि समीर व्याञ्जु विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

बिज्ञापन

नेपाली कांग्रेस बनेपा नगरपालिकाका सभापति महेश कर्माचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर कार्यसमितिका पदाधिकारी, वडा सभापतिहरू तथा वडा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा नयाँ क्रियाशील सदस्यता वितरण अभियानलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा आवश्यक जानकारी तथा निर्देशन प्रदान गरिएको थियो। सहभागीहरूले अभियानलाई सफल बनाउन सक्रिय रूपमा परिचालन हुने प्रतिबद्धता व्यक्त गरेका थिए।

नेपाली कांग्रेसले संगठन सुदृढीकरण तथा नयाँ सदस्य विस्तार अभियानलाई प्राथमिकताका साथ अघि बढाउँदै स्थानीय तहसम्म पार्टीको संगठनलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेको छ।