काभ्रे जेसीज, काभ्रे लेडी जेसीज र बनेपा जुनियर जेसीजको संयुक्त पद हस्तान्तरण, पुरस्कार वितरण तथा ब्यक्तित्व सम्मान कार्यक्रम बनेपामा विहिबार सम्पन्न भएको छ । काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले सम्मानित ब्यत्तित्वहरुलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका उपकुलपति डा.थापाले नेपालमा उपलब्ध शिक्षालाई ब्यवहारी, सिप र प्रविधीयुक्त बनाउने प्रयत्न भईरहेको बताए ।

युवाहरुको जोस र जाँगरलाई सिप र प्रविधीसँग जोडेर लैजाने गरी पाठ्यक्रमहरु तयार गर्ने र विद्यार्थीहरुलाई स्वदेशमै गर्न सकिन्छ भन्ने देखाउन पनि हरेक क्षेत्रको सकारात्मक सहयोग आवश्यक रहेको उनले बताए । समुदायमा आधारित जेसीजका कार्यक्रमहरुले बालबालिका देखि युवा अवस्था सम्म सामाजिक कृयाकलापहरुमा संलग्न हुने अवसर प्रदान गर्ने भएकाले युवाहरुका हरेक कार्यक्रममा विश्वविद्यालयले सहयोग र समन्वय गर्ने उनले बताए । कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले जेसीजले दिएको नीति र विद्यी अनुसार मुलुक र राज्यका सबै निकाय तथा संयन्त्रहरु संचालन हुन सके युवाहरुमा निराशा नआउने बताए । जेसीजका गतिविधीमा स्थानीय सरकारले समन्वय गर्ने बताउँदै नगर प्रमुख शाक्यले आउँदा दिनमा युवाहरुका सिप र ज्ञानलाई अझै समुदायस्तरमा लैजान पहल गर्ने बताए ।

वर्ष २०२३ का अध्यक्षहरु काभ्रे जेसीजका सुमित मानन्धर, काभ्रे लेडी जेसीजका बुद्धलक्ष्मी मानन्धर र बनेपा जुनियर जेसीजका रोजा सिल्पकारले आफ्नो कार्यकालमा भएका गतिविधिहरु प्रस्तुत गर्दै सहयोगीहरुलाई पुरस्कार उपलब्ध गराएका थिए । त्यस्तै वर्ष २०२४ का लागि निर्वाचित अध्यक्षहरु क्रमशः काभ्रे जेसीजका रिकेश सैंजु, काभ्रे लेडी जेसीजका सविता बज्राचार्य शाक्य र बनेपा जुनियर जेसीजका अध्यक्ष सृष्टि श्रेष्ठलाई पदभार ग्रहण गर्दै आगामी वर्ष गर्ने योजना प्रस्तुत गरेका थिए । जेसीजमा संलग्न ब्यक्तिहरुले परिवारका नाममा स्थापना गरेका ११ वटा पुरस्कारहरु वितरण गरिएको थियो भने ब्यक्तित्व तथा प्रतिभा सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..