भूपेन्द्र खत्रीको कमान्डमा देशकै उत्कृष्ट प्रदेश बन्न सफल लुम्बिनी प्रदेश प्रहरी

प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीले कमान्ड गरिरहेका लुम्बिनी प्रदेश प्रहरी कार्यालयले नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादनमा उत्कृष्ट नतिजा हासिल गर्दै सबै प्रदेशहरूलाई पछाडि पार्दै अगाडि बढेको छ ।

प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरूको मूल्यांकनका आधारमा उत्कृष्ट कार्यसम्पादन, अपराध नियन्त्रण र शान्ति सुरक्षा सुदृढ बनाउन खेलेको भूमिकाका कारण लुम्बिनी प्रदेश प्रहरी कार्यालय शीर्ष स्थानमा पर्न सफल भएको हो ।

बिज्ञापन

लुम्बिनी प्रदेशमा डिआईजी खत्रीले समुदाय र प्रहरीबीचको दूरी घटाउन ‘ह्याक४सेफ्टी’ जस्ता प्रविधिमैत्री कार्यक्रम र शान्ति पदयात्रा जस्ता जनचेतनामूलक अभियानको नेतृत्व गरेका छन्।

कार्यहरूप्रविधिमैत्री प्रहरी सेवा: बुटवल र अन्य इलाकाहरूमा सेवाग्राहीको सहजताका लागि डिजिटल उजुरी प्रणाली तथा एसएमएस (SMS) मार्फत नियमित प्रगति जानकारी दिने प्रणालीको सुदृढीकरण गरिएको छ ।

सुरक्षा र सचेतना अभियान: सार्वजनिक सुरक्षा, साइबर अपराध नियन्त्रण र नवप्रवर्तनका लागि हालै मात्र विशेष ‘ह्याक फर सेफ्टी’ जस्ता प्रविधि-केन्द्रित कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरिएका छन्।

नागरिक केन्द्रित प्रहरी सेवा: “नागरिकको सेवामा कमजोरी सह्य हुँदैन” भन्ने मूल नाराका साथ मातहतका जिल्ला तथा सीमावर्ती प्रहरी इकाइहरूमा स्थलगत निरीक्षण गरी पारदर्शी सेवा प्रवाहमा जोड दिइएको छ ।

अपराध नियन्त्रण र उद्धार: सीमा सुरक्षामा कडाइ गर्नुका साथै भारतको कुशीनगर लगायतका स्थानमा बन्धक बनाइएका ४०० भन्दा बढी नेपाली नागरिकहरूको सफल उद्धार र मानव बेचबिखन तथा ठगी सञ्जालमाथि कडा कारबाही अघि बढाइएको छ।

डीआईजी खत्रीको व्यावसायिक नेतृत्व, कडा अनुशासन र प्रविधिको उच्च प्रयोगकै कारण लुम्बिनी प्रदेश प्रहरीले संगठनभित्र र नागरिकस्तरमा उच्च प्रशंसा र उत्कृष्ट कार्य मूल्यांकन अंक प्राप्त गर्न सफल भएको छ ।