राजन थापा / काठमाडौं

तारकेश्वर नगरपालिकामा चाडपर्वलाई लक्षित शान्ति, सुरक्षा सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिका वडा नं ८ को आयोजनामा बालजु वृतको सहयोगमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।

तारकेश्वर नगरपालिका वडा नं. ८ को वडा अध्यक्ष श्याम कृष्ण सापकोटाको सभापतित्वमा, तारकेश्वर नगरपालिका नगर प्रमुख कृष्ण हरि महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथिमा तारकेश्वर नगरपालिका नगर उप-प्रमुख सर्जना बुर्लाकोटी, सामुदायिक सेवा केन्द्र तारकेश्वरका अध्यक्ष रामेश्वर देबकोटा त्यस्तै अतिथिहरुमा तारकेश्वर नगरपालिका वडा नं. १ को वडा अध्यक्ष बिदुर सापकोटा, २ को वडा अध्यक्ष राधाकृष्ण खडगी, ३ को वडा अध्यक्ष परशुराम अर्याल, ४ को वडा अध्यक्ष नरेन्द्र दास श्रेष्ठ, ५ को वडा अध्यक्ष सम्भु प्रसाद फुयाल, ६ को वडा अध्यक्ष घनश्याम श्रेष्ठ, ७ को वडा अध्यक्ष सानुकाजी खत्री, ९ को वडा अध्यक्ष श्याम कृष्ण महर्जन, १० को वडा अध्यक्ष कुमार राई, ११ को वडा अध्यक्ष कबिराज बस्नेत, पुर्व सह-सचिव केदार बहादुर बोगटी ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख प्र.नि राजु भण्डारी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

दशैँ तिहार छठ पर्वको समयमा शान्ती सुरक्षाका हिसावले अति संवेदशिल रहने हुँदा स्थानियहरुको राय र सुझाव बमोजिम अगाडी बढ्दा शान्ती सुरक्षा प्रभावकारी हुने बताउदै दशैँ तिहार छठ पर्वलाई लक्षित गर्दै नगर वासिहरूको राय सहित अगाडि बढ्ने हिसावले विविध विषयमा सार्वजनिक सुनुवाइ गरिएको नगर प्रमुख कृष्ण हरि महर्जनले जानकारी दिए ।

कार्यक्रममा प्रहरी वृत्त बालाजुको डिएसपी मनोजित कुँवरले चाडपर्व लक्षित बजार व्यवस्थापन तथा ठगि गर्नेहरूलाई कार्वाही गर्नुका साथै पुलिस मेन रोडमा होइन गल्लि गल्लिमा पुगेर त्यहाँका समस्या समाधान गर्न बताए ।

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..