सुकुम्बासी बस्ती खाली अभियानमा प्रहरीको कडाइ, एसएसपी थापा फिल्डमै सक्रिय

 

काठमाडौं जिल्लामा सुकुम्बासी बस्ती खाली गराउने सरकारी अभियानलाई प्रभावकारी बनाउन प्रहरी प्रशासन सक्रिय रूपमा परिचालित भएको छ । सोही क्रममा काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाको नेतृत्वमा सुरक्षा व्यवस्थालाई थप कडाइका साथ कार्यान्वयन गरिएको छ ।

बिज्ञापन

एसएसपी थापा स्वयं बिहानदेखि बेलुकासम्म फिल्डमै खटिँदै आफ्नो टोलीसहित निरन्तर अनुगमन गरिरहेका छन् । उनले अभियानका क्रममा कुनै पनि अवाञ्छित गतिविधि, मानविय दुर्घटना वा अधिकारको दुरुपयोग हुन नदिन विशेष सतर्कता अपनाउन निर्देशन दिएका छन् । प्रहरीको उपस्थिति र निगरानीका कारण अभियान तुलनात्मक रूपमा व्यवस्थित र शान्तिपूर्ण रूपमा अघि बढिरहेको जनाइएको छ ।

प्रहरी स्रोतका अनुसार, बस्ती खाली गराउने कार्य संवेदनशील विषय भएकाले स्थानीय बासिन्दासँग समन्वय, संवाद र संयमता अपनाएर अघि बढ्न जोड दिइएको छ । यस क्रममा संभावित तनावलाई न्यूनीकरण गर्दै सुरक्षा सुनिश्चित गर्नु प्राथमिकतामा राखिएको छ ।

एसएसपी थापाको सक्रियता र नेतृत्वलाई स्थानीय तह तथा सर्वसाधारणले सकारात्मक रूपमा लिएका छन् । उनको निरन्तर खटाइ र जिम्मेवारीप्रतिको प्रतिबद्धताले काठमाडौंको सामाजिक सुरक्षा र व्यवस्थापनमा सुधार आउने विश्वास व्यक्त गरिएको छ ।