काठमाडौं : नेपाल फिल्म सोसाइटीको केन्द्रिय सल्लाहकारमा अमेरिकाको कोलोराडो डेन्भर शहरमा बसोबास गर्दै आउनुभएका सुनिल पाठक मनोनित हुनुभएको छ। पाठकलाइ नेपाल फिल्म सोसाइटीको मानार्थ सदस्य समेत प्रदान गरिएको सोसाइटिका केन्द्रिय अध्यक्ष कृष्ण मल्लले जानकारी गराउनुभएको छ। बिगत लामो समय देखि अमेरिकामा बसेर नेपाली चलचित्रको प्रबर्द्धनमा लागि नेपाली कला संस्कृति, भाषाको संरक्षण तथा सम्बर्धन गर्दै आउनुभएको सुनिल पाठक नेपाली समुदायमा मात्र नभई बिदेशी समुदाय बीच समेत उत्तिकै लोकप्रिय हुनुहुन्छ। बिसेष गरि नेपाली चलचित्रलाइ अन्तराष्ट्रिय क्षेत्रमा स्थापित गराउनु पर्छ भनेर लागिपर्नु भएका सुनिल पाठक कालाकारहरुको समेत प्रिय पात्रका रुपमा परिचित हुनुहुन्छ।

नेपाल फिल्म सोसाइटी काठमाडौंको कार्यसमिति बैठकको निर्णय अनुसार सुनिल पाठकलाइ मानार्थ सदस्य प्रदान गरे संगै केन्द्रिय सल्लाहकारमा समेत मनोनित गरिएको कृष्ण मल्ल बताउनु हुन्छ। सल्लाहकार पाठक नेपाल फिल्म सोसाइटी अमेरिकाको संरक्षकमा र ‘सुनिल पाठक एजेन्सी’द्वारा सञ्चालित अल स्टेट इन्सुरेन्सका संचालक समेत हुनुहुन्छ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly