
वैशाख २ गते बुधबार,

भक्तपुर शैक्षिक क्षेत्रमा आफूलाई अब्बल साबित गर्न सफल पाथीभरा एकेडेमीले आफ्नो प्री–स्कुल अभिभावक दिवस तथा दीक्षान्त समारोहकाे अवसरमा उत्कृष्ट शिक्षक सम्मान गर्दै भव्य रूपमा सम्पन्न गरेको छ ।

कार्यक्रममा विद्यालयलाई निरन्तर ५ वर्षसम्म सेवा प्रदान गर्दै योगदान पुर्याउनु हुने शिक्षिकाद्वय सबिना वाग्ले ढुङेल, स्विस्त्तिका डोटेल नेउपाने तथा सवारी चालक राम रिसाल मगरलाई सम्मान गरिएको थियो ।


विद्यालयका संस्थापक प्रध्यानाध्यापक रमेश प्रसाद सिटौलाले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रममा अभिभावक, विद्यार्थी तथा अतिथिहरूलाई हार्दिक स्वागत गर्नुभयो । प्रधानाध्यापक सिटाैलाले “स्मार्ट प्यारेन्टिङ” को अवधारणामार्फत बालबालिकाको समग्र विकासमा अभिभावकको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै वर्तमान समयअनुसार सचेत, संवेदनशील र प्रविधिमैत्री पालनपोषण आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा रामचन्द्र थापा मगर, बुद्धि बहादुर थापा, सुबास नाथ गोङल, वी क्यान एजुकेसन नेपाल, भक्तपुरका सचिव कमल बहादुर सुवाल, सह–सचिव अनिस खत्री, जागृति विद्या सदनका प्राध्यापक जगदीश पौडेल, सभ्यता शिक्षा सदनका प्राध्यापक तुलसी भेट्वाल, मैत्री न्युजका सम्पादक दिपेन्द्र श्रेष्ठ, शैक्षिक संयोजक श्रीमती शर्मिला प्रधानाङ तथा विद्यालय इन्चार्ज श्रीमती कल्पना वोली लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा नानीबाबुहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले नृत्य, गीत तथा विविध रचनात्मक प्रस्तुति प्रस्तुत गरिएको थियो ।
यस्तै विद्यालयका गतिविधिमा सक्रिय सहयोग पुर्याउनु हुने अभिभावक पारस श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
दीक्षान्त समारोहअन्तर्गत उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।
भक्तपुरस्थित पाथीभरा एकेडेमी विद्यालयमा प्री–स्कुल अभिभावक दिवस तथा दीक्षान्त समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्त सिटौलाको सभाध्यक्षतामा सम्पन्न भएको थियोे ।
कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको पाथीभरा एकेडेमी मन्टेस्वोरी संयाेजक लक्ष्मी प्रधानाङले जानकारी दिनुभयो ।


