



टाेखा, भदौ
सानुकाजी थापा
टाेखा नगरपालिका वडा नं. १ को आयोजनामा तीज विशेष तथा महिलाहरूको दोहोरी गीत र विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वडा अध्यक्ष रमेशकुमार लामिछानेको सभापतित्वमा र टाेखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
वडा अध्यक्ष लामिछानेले कार्यक्रमलाई स्थानीय महिला समुदायका प्रतिभा उजागर गर्ने अवसरका रूपमा लिएको भन्दै, “यस्ता कार्यक्रमलाई निरन्तरता दिनु आवश्यक छ,” भन्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई, योजना प्रमुख बाबुराम गौतम, आर्थिक प्रशासन प्रमुख तारा प्रसाद निरौला, जिल्ला स.स.का सदस्य राजकुमार विडारी, वडा नं. ६ की अध्यक्ष सान्ता खनाल, पूर्व वडा अध्यक्ष श्रीकृष्ण अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा गायक नवीन पौडेल, सुन्दर लामिछाने, सुदर्शन अधिकारी लगायतका कलाकारहरूले प्रस्तुति दिँदै वातावरणलाई झन् मनोरञ्जनमय बनाउनुभएको थियो।
तीज प्रतियोगितामा टिम बिनिता समूह पहिलो हुन सफल भएको थियो। विजेता टोलीलाई सभापति रमेशकुमार लामिछानेले प्रमाणपत्र, नगदसहित मायाको चिनो प्रदान गर्नुभएको थियो।
कार्यक्रमको स्वागत मन्तव्य कार्यपालिका सदस्य सुनिता श्रेष्ठ परियारले राख्नुभएको थियो भने सञ्चालन वडा सदस्य सुनिता अधिकारी काफ्लेले गर्नुभएको थियो।

