पनौती नगरपालिकाको स्वाभिमान दिगो बालमैत्रीयुक्त पनौती हाम्रो अभियान भन्ने मूल नाराका साथ पनौती नगरपालिकामा बालबालिकासंग मेयर कार्यक्रम सम्पन्न भएको छ । पनैती नगरपालिका बालमैत्री शाखाको आयोजना र पनौती नगर स्तरीय बाल समुह संजालको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । पनौती नगरपालिकामा बालबालिकासंग मेयर कार्यक्रम गरेको यो पहिलो हो ।

कार्यक्रमको सुरुवातमा बालमैत्री शाखाका प्रमुख केशव बन्जाराले भाइबहिनीहरुलाई कार्यक्रमको उदेश्य र औचित्यबारे जानकारी गराएका थिए । बालबालिकाको माग आबश्यक्तालाई सम्बोधन गर्न साथै बालबालिकाको अधिकार संगसंगै कर्तव्यको समेत बोध गराउने लगाएतको उदेश्यले यस किसिमको कार्यक्रमको आयोजना गरेको बालमैत्री शाखा प्रमुख केशव बन्जाराले जानकारी दिए ।

कार्यक्रममा वडा बाल समुह संजालबाट १२ वटा र नगर बाल समुह संजालबाट १ वटा गरि १३ वटा समुह निर्माण गरिएको थियो । उक्त समुहहरुले हालसम्म भए गरेका कामको बारेमा जानकारी गराएको थियो । साथै सोही समुहबाट साझा धारणा बनाइ आ आफ्नो समुहको तर्फबाट नगरपालिका प्रती अपेक्षा समेत प्रस्तुत गरेका थिए।

बालबालिकाहरुले नगरपालिकाका मेयरसंग प्रत्येक वाडामा बलमैत्री सार्बजनिक सौचालय, बालमैत्री पार्क, विद्यालयमा सेनिटरी प्याड डिस्पोजल कीटको व्यवस्था, पुस्तकालयको व्यवस्था, सामुदायिक विद्यालयले उठाएको शुल्क सम्बन्धि, खेल मैदान संगै खेलकुदका सामाग्री, सार्वजनिक स्थानमा धूम्रपान र मध्यपान बेचबिखन र प्रयोग रोक्न, गाडी भाडामा छुट नभएको, विद्यार्थीहरु शिक्षकहरुबाट दण्डित हुनु परेको लगाएतका कुराहरूलाई सुधार सहितको अपेक्षा राखेका थिए । साथै उनीहरुले निजि विद्यालयमा सेनिटरी प्याड बितरण गर्न पनि मेयर संग अनुरोध गरेका छन् । राज्यले सामुदायिक विद्यालयमा धेरै लगानी गर्दा पनि सामुदायिक विद्यालयको शिक्षाको स्तर खस्किएको कुराले आफुहरुलाई चिन्ता लागेको र यसको अनुगमन गर्न कसले छेक्यो ? भन्दै प्रश्न गरेका थिए । विद्यार्थीहरुले मेयरसंग बालमैत्री नगर भनेको छ तर एक जना अभिभावक आफ्नो छोराछोरी विद्यालय बाट फर्केर आउँदा सुरक्षीत आउँछन की आउँदैनन भन्ने डरमा बस्नु परेको धारणा समेत राखेका छन् ।

त्यस्तै गरि बालबालिकाले नग्रको महिला तथा बालबालिका शाखाबाट प्रदान गरिएको किशोर किशोरी शिक्षा तालिम सामुदायिक बिद्यालयमा दिएको तर सस्थागत बिद्यालयमा नदिएकोमा गुनासो राखेका थिए । उनीहरुले पनौतीमा मिति सकिएका खाद्य सामाग्री बिक्री भएको र यसले बालबालिका संगै समग्र मानव जीवनमा प्रतिकुल असर पार्ने भएकोले यसको अनुगमनमा ध्यान दिन नगर प्रमुखको ध्यान आकर्षण गरेका थिए ।

पनौती नगरपालिका २०७८ साल असर ३० गते बालमैत्री नगर घोषणा भएको थियो भने निकट भविस्यमा नै बालश्रममुक्त नगर घोषणा गर्ने तयारिमा पनि नगरपालिका रहेको छ । बालबालिकाले वडा तथा नगरमा बाल समुह संजाल गठन पछि बालबालिकाको पक्षमा धेरै कामहरू भएको र यसलाई दिगोपना दिन जरुरी रहेको धारणा पनि राखेका छन् । उनिहरुले नगरपालिकाबाट हुने विभिन्न सडक नाटक र जनचेतना मुलक कार्यक्रममार्फत वडामा हुने बालविवाह रोक्न, बालश्रम हटाउन , धूम्रपान र मद्यपान सेवनमा न्युनिकरण गरिएको पनि धरणा राखेका छन् ।

समुहबाट आएका अपेक्षा र प्रश्नहरुलाई नोट गरि नगर प्रमुख रामशरण भण्डारी र उप प्रमुख गीता बन्जाराले अपेक्षाहरु माथी प्रतिबद्धता जनाउदै सम्बोधन गरेका थिए । कार्यक्रममा पनौती नगरका १२ वटै वडाबाट वडा बालसंजालका विद्यार्थी भाइबहिनीहरु, नगर बाल समुह संजालका भाइबहिनी र १२ वटै वडाका बालमैत्री सहजकर्ताहरुको उपस्तिथि रहेको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..