नेपाली म्युजिक भिडियो क्षेत्रमा युवा पुस्ताले निकै रुचाउने आर्यन कार्की अभिनित नयाँ म्युजिक भिडियो रिलिज गरिएको छ।

कार्कीले अभिनय गरेको नयाँ म्युजिक भिडियो ‘भाग्य नै फुटाईदेउ’ बोलको गीत यतिबेला Milan Films Production युट्युब च्यानलबाट रिलिज भएको हो।

गीतमा विसाल राना मगरको मनछुने आवाज छ। गीतको शब्द अनि संगीत पनि विसालले नै तयार पारेका हुन्। वियोगान्त प्याटर्नमा आधारित रहेको गLतलाई नारायण दङ्गालले एरेन्ज गरेका हुन\ भने म्युजिक प्लस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको 5।

गीतको सुरुदेखि अन्तिमसम्मका शब्दहरूले प्रेम वियोगमा रहेका जोकोहीको मन छुने गर्छन्। यो गीत सुनिरहँदा प्रेम वियोगको पीडा सवैलाई बोध हुने गर्छ.

त्यसो त, अडियो सुन्दा जति वियोगान्त लाग्छ, भिडियो हेर्दा झन् कारुणिक लाग्छ। आर्यनको अभिनयले जोकोही दर्शकको ध्यान तान्छ।

प्रेम वियोगको कथालाई भिडियोमा देखाइएको छ।आफुले माया गरेको प्रेमिकाले धोका दिँएर अरु नै रोजपछी प्रेम वियोग भोगिरहेको अवस्थामा आर्यनलाई भिडियोमा देख्न सकिन्छ।भिडियोमा आर्यनको अलवा आयुष्मा कार्की, आशिष राना लगायत कलाकारहरु फिचर्ड छन्। निर्देशक मिलन श्रेष्ठको कथा र निर्देशन भिडियोमा रहेको छ।

आकर्षक फ्रेममा सन्तोष तिमल्सिनाले भिडियो खिच्ने काम गरेका हुन् । भिडियोलाई रोशन धितालले सम्पादन गरेका छन् भने मिडिया पार्ट्नरमा ओ के टि भि नेपाल डट कम रहेको छ।गीतलाई रिलिज भएको छोटो समयमा राम्रो प्रतिक्रिया मिलेको छ। गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ।

हेर्नुस भिडियो……

 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly