होमप्रसाद चौंलागाँईं
नेकपा एमाले काभ्रेको ईतिहास पौराणिक मात्र छैन । यसले गर्विलो इतिहास समेत बोकेको छ । निकै लामो पार्टी राजनीतिको दौरानमा नेकपा एमाले जस्तोसुकै कठिन परिस्थितिमा पनि जिल्लामा उच्च जनमतका साथ अगाडी वढिरहेको छ, चाहे त्यो चरम अवसरवादको समयमा होस् या दक्षिणमन्थी अराजकतावादकै समय किन नहोस् । टुटफुट र चौतर्फी घेराबन्दी सहितको आक्रमणमा समेत कहिल्यै जनमतमा पछि नपरेको नेकपा एमाले काभ्रेको भौरवगाथा कसैले भुल्न सक्दैन ।
धेरै अगाडीको कुरा नजोडी निवर्तमानमात्र कुरा गर्ने हो भनेपनि नेकपा एमाले काभ्रे जिल्लाको दशौं अधिवेशनबाट अशोक व्यञ्जुलाई निर्विरोध अध्यक्ष चयन गर्दा अन्य पदाधिकारी र अधिकांश सदस्यहरु निर्वाचनबाट आएका थिए । विद्युतीय मेसिनबाट मतदान गरेको थियो । त्यतिखेरै जिल्ला अधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने काभ्रे एकमात्र जिल्ला भएको बताइएको थियो । अध्यक्षमा अशोक व्यञ्जु र उप–सचिवमा माओवादीबाट एकता प्रक्रियामा जोडिएकी रिता ढकाललाई सर्वसम्मत बनाइएको थियो ।
निर्वाचनबाट उपाध्यक्षमा चन्द्र लामा निर्वाचित भएका थिए । त्यस्तै सचिवमा राजन भुर्तेल र अर्को एक उप–सचिवमा राजकुमार सापकोटाले गोला प्रथाबाट बिजय प्राप्त गरेका थिए । अध्यक्ष व्यञ्जु धुलिखेल नगरपालिकाका मेयर तथा नगरपालिका संघका पूर्व अध्यक्ष पनि हुन् । उनी तत्कालीन नेकपा विभाजनपछि अध्यक्ष र सचिव प्रचण्ड माधव पक्षमा लागेका बेला केपी ओली पक्षबाट अध्यक्ष बनेका थिए ।
१० बुँदे सहमतिपछि पनि तत्कालीन एमालेका अध्यक्ष टोकवहादुर वाइबा नेकपा एसतर्फ लागेपछि व्याञ्जुकै नेतृत्वमा अधिवेशन भएको थियो । तत्कालिन जिल्ला इन्चार्ज गोकुल प्रसाद बाँस्कोटाको पहलमा नेकपा एकता प्रक्रियासँगै एमालेमा रहेका २५ जना पूर्व माओवादी नेताहरुलाई निर्विरोध जिल्ला कमिटी सदस्य चयन गराएर साबिक एमालेहरु बीचमात्र चुनाव गराइएको थियो । १०५ सदस्यीय जिल्ला कमिटीमा उप–सचिवसहित २६ जना पूर्व माओवादीको प्रतिनिधित्व भएको थियो ।
त्यस्तो ऐतिहासिक बिरासत बोकेको नेकपा एमाले काभ्रेले २०८१ साल जेठ २८, २९ र ३० गतेको लागि जिल्ला अधिवेशनको तय गरिसकेको छ । त्यतिमात्र नभएर गत १८ गते जिल्लाभरका १३५ वडा र १९ गते विभिन्न जनसंगठन, वुद्धिजिवी परिषद् र सल्लाहकार परिषद्ले प्रतिनिधि चयनको काम टुंगाइसकेसंगै जिल्लभर अधिवेशनको माहोल तातेको छ ।
अध्यक्षको लागि एकातर्फ सचिव राजन भूर्तेल र अर्कोतर्फ उपाध्यक्ष चन्द्र लामाको चर्चा जिल्लाका १३ पालिका र १३५ वडा संगठनहरुमा चल्न थालेको छ । रोचक त के छ भने दुबै अध्यक्षका प्रत्यासी भनिएका नेताहरु नमोवुद्ध नगरपालिकाका रहेकाछन् । हिजोको सचिव र उपाध्यक्ष त्योपनि एउटै पालिकाबाट प्रमुख पदको आकांक्षी बनिरहँदा केन्द्रिय नेतृत्वको पहलमा सर्वसम्मत नेतृत्व चयन हुन्छ भन्नेमा विश्वस्त रहेको पाउन सकिन्छ । त्यतिमात्र नभएर नेतृत्वले कतै एक कदम अगाडी त कतै एक कदम पछाडी फर्केर र फर्काएर भएपनि नेकपा एमाले काभ्रेले सर्वसम्मत नेतृत्व चयन गर्ने गराउनेमा पार्टीका नेता तथा कार्यकर्ताहरुको उच्च विश्वास रहेको देख्न सकिन्छ र कदर हुन सकोस् । (लेखक नेकपा एमाले काभ्रे जिल्ला कमिटी सदस्य हुन्)

तपाईको प्रतिक्रिया

नैतिक व्यावहारिक तथा व्यवसायी शिक्षा प्रदान गर्दै बेलर| गुणस्तरीय शिक्षाका लागि बेलर हेर्नुस् भिडियो