काभ्रेपलान्चोक – बनेपा नगरपालिकाले पछिल्लो समय बिकास निर्माणको काम लाई तिब्रता दिएको छ । सडक, पुल, खानेपानी, आर्यघाट लगायतका बिकास निर्माणको काम भैरहेका छन् ।

बनेपाको पुल बजारमा रहेको थाचुँ घाट (दिप) निर्माणको लागि बनेपा नगरपालिकाले बजेट विनियोजन गरि काम अगाडि बढाएको छ ।   

थाचुँ घाट (दिप) निर्माणको लागि बनेपा नगरपालिकाले ३७ लाख खर्च गर्ने भएको छ भने ४ लाख ४७ हजार उपभोक्ता मार्फत उठाउने भएको छ । उपभोक्त बाट हाल सम्म कुनै पनि रकम जम्मा नभएकोले सबै बनेपा नगर बासीहरुमा सहयोग गर्ने अपिल गरिएको छ । थाचुँ घाट (दिप) निर्माणको लागी समिति बनेर निर्माणको काम तिब्र रुपामा भैरहेको सचीव विश्व मानन्धले काभ्रे प्रेस लाई जानकारी दिनु भयो ।

थाचुँ आर्यघाटमा बनेपा लगायत आसपासका मानिसहरुको अन्तिम दाह संस्कार गर्ने भएकाले नगरले यसलाई व्यवस्थित गर्न बजेट विनियोजन गरि काम अगाडि बढाएको हो । तर बनेपा नगरले विनियोजन गरेको बजेटले मात्रै नपुग्ने भएकोले सम्पुर्ण बनेपा नगर बासी र अन्य लाई सहयोग गर्ने समितिले अपिल गरेको छ ।   

थाचुँ घाट (दिप) निर्माण उपभोक्ता समिति
चन्दा सहयोग गर्न इच्छुक महानुभावहरुले सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ
सम्पर्क :
अध्यक्ष ज्ञानेन्द्र नकर्मी 9849269219
सचिव विश्व मानन्धर 9851004304
बनेपा १० पुलबजार

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..