आजपनि सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, यस्तो छ कारण

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ३ लाख ९ हजार कायम रहँदै नयाँ कीर्तिमान बनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि आइतबार सुनको मूल्य तोलामा ३ लाख ३ हजार ८ सय रुपैयाँ रहेको थियो। महासंघका अनुसार एकै दिनमा सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले वद्धि भएको हो ।

बिज्ञापन

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा ६ हजार ७ सय ६५ रुपैयाँ तथा १० ग्राममा ५ हजार ८ सय रुपैयाँ कायम गरिएको छ। हिजो चाँदीको मूल्य तोलामा ६ हजार ४ सय ८० रुपैयाँ रहेको थियो।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा ६ हजार ७ सय ६५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य तोलामा ६ हजार ४ सय ८० रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, अमेरिकी डलरको विनिमय दरमा उतारचढाव तथा भू–राजनीतिक अस्थिरताका कारण नेपाली बजारमा पनि सुनको मूल्यमा वृद्धि भएको बताइएको छ ।